संसद विघटनविरुद्ध सर्वोच्चमा पेश भए तीन रिट

काठमाडौँ । सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन्।

अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वली र सुलभ खरेलले सर्वोच्चमा रिट पेश गरेका हुन्। तर रिट दर्ता भैसकेका भने छैनन्।

रिट लिएर सर्वोच्च पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेका छन् ।