अमेरिकामा भएको पानी गोष्ठीमा नेपालका प्रतिनिधि अजय सुमार्गीको छोरा

अमेरिकाको बेभर्ली हिल्स, लस एन्जलस्मा हालै भएको उच्चस्तरीय स्वच्छ खानेपानी सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी “फाइन वाटर समिट,२०१५” मा नेपालका तर्फ अजय सुमार्गीका छोराले सहभागिता जनाएका छन् । सुमार्गीका जेठा छोरा अभिमतराज सुमार्गीले सो सम्मेलनमा सहभागिता जनाएका हुन् ।

अभिमतराज हिमालयज स्प्रिङ्ग वाटर प्रा.लिका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले उक्त गोष्ठीमा रसुवा जिल्लाको धुन्चेमा रहेको हिमालयज सिप्रङ्ग् वाटरको उत्पादन अनटप बारे कार्यपत्र प्रस्तुत गर्दै नेपालले अति उच्चस्तरको खानेपानी उत्पादन गर्न सफल भएको र यसको माग अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको जानकारी गराएका थिए ।

गोष्ठीमा अमेरिका, स्पेन,अष्ट्रेलिया, ब्राजिल, स्वीजरल्याण्ड, दक्षिण अफ्रिका, जर्मनी सहित २० मुलुकका कंपनीका उद्योगपति एवम् विज्ञहरुको सहभागिता थियो । गोष्ठीका विज्ञहरुले नेपालको “अन टप” ब्राण्डको पानीलाई सबैभन्दा स्वच्छ नरम घोषित गरी यो पानी भर्खर जन्मेका शिशुहरुलाई समेत पिलाउन सर्वोत्कृष्ट ठहर गरेका थिए ।

लाङटाङ् हिमालयको पानीलाई प्रशोधन गरी उत्पादन गरिएको “अन टप” काठमाडौंमा अत्याधिक लोकप्रिय हुनुका साथै युनाइटेड अरब इमिरेट्स् , दक्षिण कोरिया, जापान, र युरोपका केही मुलुकमा निर्यात हुदैँ आएको छ ।