समाचार संकलन गर्न गोल्डनसीपको आमन्त्रण, पुनः घट्ना नदोहोरीने प्रतिबद्धता :

लन्डन । लन्डनस्थित गोल्डनसीप रेष्टुरेन्टले सार्वजानिक कार्यक्रमको समाचार संकलन गर्न कुनै रोकतोक नभएको स्पष्ट पारेको छ । नेपाल पत्रकार महासंघ यूके शाखाका पूर्वअध्यक्ष नवीन पोखरेलमाथि सञ्चालक देव गुरुङले दुरव्यवाहर गरेको समाचार आएपछि रेस्टुरेन्टले यस्तो अभिव्यक्ति सार्वजनिक गरेको हो । रेस्टुरेन्ट सञ्चालक देव गुरुङले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,
‘अब त्यस्ता घटना दोहोरिने छैनन, रेस्टुरेन्टमा हुने कार्यक्रमको समाचार संकलन गर्न आउनु हुन म बेलायतमा रहनुभएका पत्रकार मित्रहरुलाई आग्रह गर्दछु ।’ निर्देशक गुरुङले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पत्रकार नवीन पोखरेल माथि संचालक देव गुरुङले दुरव्यवाहर गरेको समाचार बाहिर अाए पछि नेपाल पत्रकार महासंघ बेलायतले सो घट्नाको भत्र्सना गर्दै स्टुरेन्ट र सम्बन्धित संचालकलाई भविष्यमा यस्ता घटना नदोहोर्याउने प्रतिवद्धता सार्वजनिक गर्न माग गरेको थियो ।

गुरुङले जारी गरेको बक्तब्य जस्ताको तस्तै

प्रेश विज्ञप्ति

हालै हाम्रो रेष्टुरेन्टमा पत्रकार नवीन पोखरेलमाथि दुरब्यवार भयो भनी विभिन्न अनलाइनहरुमा आएको समाचारप्रति यस गोल्डेनसीप रेटुरेन्टको ध्यानाकर्षण भइसकेको छ । हाम्रो रेष्टुरेन्टमा हुने सार्वजानिक कार्यक्रममा समाचार संकलन गर्न आउन पत्रकारलाई रोकतोक नभएको पुनः प्रष्ट पार्न चाहन्छौं । सञ्चारमाध्यमको महत्व र गम्भीरताप्रति हामी आफैं सजक र सचेत छौं ।
। विगतका भएका त्यस्ता खाले घट्नालाई पुनः नदोहराइने प्रतिबद्धताका साथ आगामी दिनमा हुने कार्यक्रममा निर्विवाद समाचार संकलन गर्न आउन बेलायतस्थित नेपाल पत्रकार महासंघ यूके शाखालगायतका सञ्चारकर्मी मित्रहरुलाई आमन्त्रण गर्दछु ।

देब गुरुङ

गोल्डेनसीप रेष्टुरेन्ट, निर्देशक

२२ अप्रील २०१५