काठमाडौँ । कोरोना भाइरस संक्रमण तिव्र गतिमा बढीरहेको कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा कम्तीमा पनि ३ हप्ता लकडाउन गर्न मेयरहरुले सुझाव दिएका छन् ।
महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरकारलाई सिफारिस गरेका हुन् । संक्रमणको चेन ब्रेक गर्नको निम्ती कडा कदम उठाउनुपर्नेमा लामो समयदेखि मेयरहरुले जोड दिदै आइरहेका छन् ।
मेयर्स फोरमले आफ्नो प्रस्ताव बुझाएपनि यसबारे अन्तिम निर्णय भने सरकारले नै गर्नेछ । दशैँ अघि चाडपर्व सम्पन्न भइसकेपछि काठमाडौँमा लकडाउन गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।






