एनआरएनए अष्ट्रेलियाको संसदमा चर्चा

तक्दीर अधिकारी
सिड्नी ।गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रे्लियाले गरेको कामलाई अष्ट्रेलिया सरकारले प्रशंसा गरेको छ । न्यू साउथ वेल्स राज्यका स्थानीय सांसद एमएस मेलोनी जिप्सनले एनआरएनए सहित नेपाली समुदायले अष्ट्रेलियामा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेकी छन् । सांसद मेलोनि हल्सओर्दी निर्वाचन क्षेत्रबाट चुनाव जितेकी हुन् । यस निर्वाचन क्षेत्रमा २८० नेपाली मुलका मानिसहरु रहेका छन् भने लिवरपुल सिटीमा ६ सय भन्दा बढी नेपालीहरु रहेका छन् । ‘यहाँ रहेर नेपाली मूलका अष्ट्रेलियन समुदायको हकहित, नेपाली कला संस्कृतिको उत्थान, भाषा, खाना इत्यादिमा पुर्याएको योगदानको म प्रशंसा गर्दछु ।’ उनले भनिन् ।
समुदायिक दृढता विकास गर्न र मानिसहरुको सम्बन्ध सुदृढ गर्न पनि एनआरएनए अष्ट्रेलियाले भूमिका खेलेको भन्दै यस कार्यमा अग्रसर रहने एनआरएनए न्यू साउथ वेल्सराज्य परिषद  संयोजक देव गुरुङलाई विशेष धन्यवाद दिएकी छन् । ‘नेप्लीज अष्ट्रेलियनको उत्थान गर्ने कार्यमा अग्रसर हुनुभएको देव गुरुङलाई बधाई तथा धन्यवाद दिन्छु’ उनले भनिन् । एनआरएनएले अष्ट्रेलियन समुदायमा पुर्याएको योगदानमा आगामी दिनमा पनि भरमग्दुर सहयोग गर्ने भन्दै उनले भविष्यमा पनि सँगै अगाडी बढ्ने कुरामा विश्वास व्यक्त गरिन् ।

एक्कासी थाहा पाउँदा छक्क परे
यस विषयमा आफुलाई जानकारी प्राप्त गर्दा आफु अचम्म परेको एनआरएनए न्यू साउथ वेल्सका संयोजक देव गुरुङले बताए । “एमपी ले नै भेटेर मलाई हामीहरुले गरेको कामको सम्मान गरेको कुरा भन्दै गर्दा म निकै खुशी र अचम्मित भएँ”, उनले भने, “यो मेरो एकल प्रयास होइन्, हाम्रो टिमले गर्दा भएको हो, सबै टिमलाई मैले बधाई र धन्यवाद दिन चाहान्छु।” उनले यसरी सांसदले गरेको सम्मानले आफुलाई आगामी दिनमा थप काम गर्न उर्जा मिल्ने बताए ।