नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौँ ।
नेपालमा बुधबार २५६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेकोपत्रकार सम्मेलनकोक्रममा सो जानकारी गराइएको हो । त्यसैगरी १ हजार ६६६ जना निको भएका छन् भने २६ जनाको निधन भएको छ ।

यस सँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । २ लाख २ हजार ३२९ जना संक्रमित मध्ये १ लाख ६२ हजार २४३ जना निको भएका छन् । नेपालमा कोरोनाको कारण ११७४ जनाले ज्यान गुमाएका छन् ।