लण्डन । तमु धिं लण्डन इकाईका ट्रस्टिज, तथा संस्थापक अध्यक्ष दिपक गुरुङ (डेबिड)र भाई तेज बहादुर गुरुङलाई मातृ शोक परेको छ । गुरुङ द्धोयकी ममतामयी माता उजेली गुरुङको ८६ बर्षको उमेरमा नोभेम्बर ९ गते सोमबार आफ्नै निवास काठमाडौँमा असामयिक निधन भएको होे । ८६ वर्षीया आमाका ५ छोरा छन्। कोरोनाको कहर बढेको र लकडाउन भएको बेला ममतामयी माताको देहान्तले डेभिड र परिवार अति दुःखी भएका छन् ।

स्याङ्जा समाज युकेका वरिष्ठ सल्लाहकार रहेका डेबिड तथा सोंपाल समाज युकेका उपाध्यक्ष तेज बहादुर गुरुङको ममतामय आमा पन्चमुल गाविसका पूर्व प्रधान पन्च (स्याड्जा जिल्ला “सिरुबारी”गॉंऊ) स्वर्गीय लालबहादुर गुरुङको श्रीमती उजेली गुरुङको निधन भएको प्रति संस्थाहरुले शोक प्रकट गरेका छन् ।
एक विज्ञप्ती जारी गर्दै स्याङ्जा समाज युकेले आफुहरुले अभिभावक गुमाएको भन्दै मृतात्माको चीर शान्ति र बैकुण्ठ बासको कामना गरेको छ। अध्यक्ष शारदा गुरुङ,महासचिब बलराम ढकाल द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “यस् दुःखद घडीमा आमा उजेली गुरुङको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । र पीडित परिवारहरुमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि भगवान बुद्धसंग प्रार्थना गर्दछौं।”
तमु धि लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ तथा महासचिब भरत गुरुङ कार्यसमिति लगायत पदाधिकारीहरुले एक विज्ञप्ती जारी गर्दै समवेदना ब्यक्त गरेका छन्। विज्ञप्तीमा भनिएको छ, “तमु धिं लण्डन इकाईका ट्रस्टिज, तथा संस्थापक अध्यक्ष दिपक गुरुङ (डेबिड) र आजीवन सदस्य तेज बहादुर गुरुङकी ममतामयी माता उजेली गुरुङको निधनले हाम्रा परिवारलाई दुखी बनाएको छ।” बेलायत स्थित सबैको दु:ख सुखमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका बरिस्ठ समाज सेबी गुरुङलाई परेको मातृशोकमा मर्माहत भएकोे भन्दै अन्य विभिन्न नेपाली संघ सस्था हरुले पनि समवेदना प्रकट गरेको छ ।
यसैगरी भान्जा रक गुरुङले एक स्टाटस लेख्दै शोक प्रकट गरेका छन् । उनले भनेका छन्, ‘म र मेरो परिवार स्तब्धका साथ मर्माहित भएका छौं।यस दुखत घडीमा स्वर्गीय बज्यैआमाकोदिवंगत आत्मप्रति चिरशान्तीको कामना गर्दै भावपुर्ण श्रद्वान्जली अर्पण गर्दछु।साथै सोकाकुल परिवारजन रेक्सपेक्टेड दिपक गुरुड डेबिड मामा र विनु माईज्यु तेज मामा साथै सम्पुर्ण परिवारप्रति धैर्य र धारण गर्न शक्ने शक्ति प्राप्ति होस भन्दै भगवान बुद्वसँग प्राथना गर्दछु।’
सामाजिक व्यक्तित्व डेबिड गुरुङकी आमाको निधन प्रति लण्डन नेपाल न्यूजले पनि शोक प्रकट गरेको छ । लण्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारीले शोक व्यक्त गर्दै निधन भएकी आमा प्रति भावपुर्ण श्रद्वान्जली अर्पण गरेका छन् ।






