सिड्नी । सिड्नी स्थित नेपाली युवाहरुको समुह रकडेल बोइजले आइतवार टेम्पे पार्कमा दशै तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरु, एन आर एन ए अष्ट्रेलिया , सामाजिक अगुवाहरु तथा रकडेल बोइजका पदाधिकारी सहितको विशेष उपस्थितीमा शुभकामना साटासाट गरिएको कार्यक्रम सम्योजक सितल गीरीले बताए ।
कोरोना महामारीको कारण धेरै भेटघाटका कार्यक्रमहरु नभैरहेको बेला नेपालीहरु विच उनीहरुका समस्या र अनुभव समेत आदान प्रदान गरिएको कार्यक्रमले उपस्थितहरु माझ एक किसीमको रिफ्रेशमेन्ट समेत भएको उनको भनाई छ ।
आउँदै गरेको दीपावली तथा छठ पर्वको अवसरमा नेपालीहरु विचमा सुख शान्ति, अमनचयन तथा आपसी सामिप्यताको कामना गरिएको होे । सिड्नीमा रहेको यस रकडेल बोइजले विभिन्न किसीमका सांस्कृतिक कार्यक्रमहरु वार्षिक गर्दै आएको छ। यस अघि समुहकै आयोजनामा सिड्नी मेला समेत सम्पन्न गरिएको थियो । संस्कृति सरक्षण गर्ने देखी नेपालीहरुको समस्या समाधान तथा सामजिक अग्रसरताका काममा उनीहरु अग्रपंक्तिमा देखिन्छन् ।






