रहेनन् सांसद तथा नेपाली कांग्रेसका नेता सूर्यबहादुर केसी

पोखरा । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ । सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो ।

केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत हुन् ।