बेलायतमा कोरोना संक्रमितको संख्या १० लाख ३४ हजार नाघ्यो

लण्डन ।
बेलायतमा कोेरोनाभाइरस संक्रमितको संख्या १० लाख ३४ हजार पुगेको छ । त्यसैगरी ४६ हजार ७१७ जनाको निधन भएको छ ।
पछिल्लो २४ घण्टामा यूकेमा २३ हजार २५४ जना नया संक्रमित थपिएका छन् । वोल्डोमिटरका अनुसार यस अवधिमा ११० जनाले ज्यान गुमाएका छन् ।
बेलायतमा कोरोनाभाइरसको दोस्रो लहर शुरु भएको छ । कोरोनाको राँको फेरी दन्कन थालेसँगै इँगल्याण्डमा एक महिने दोस्रो चरणको लकडाउन घोषणा गरिएको छ । महामारी नियन्त्रणको अभियानमा साथ दिन प्रधानमन्त्री बोरिस जोन्सनले आग्रह गरेका छन् ।