सिड्नीमा खसीको मासु किन्न नेपालीको लाइन, काठमाडौँ न्यूरोडको झल्को !

तक्दीर अधिकारी

सिड्नी । अष्ट्रेलियाको सिड्नी तथा आसपासमा यस बर्ष खसीको मासुको माग अत्याधिक देखिएको छ । कोरोनाभाइरस महामारीको कारण धेरै नेपालीहरु स्वदेश फिर्ता हुन नपाएको कारण पनि यस पटक मासुको माग बढेको व्यवसायीहरुको भनाइ छ। विगत ५ बर्षदेखी सिड्नीमा मासु व्यवसाय गरिरहेको एभरेष्ट बुचरीमा यस पटक काठमाडौँको न्युरोड र विशालबजारको जस्तो झल्को देखिन्थ्यो । नेपालीहरुले ४५ मिनेट  सम्म लाइनमा बसेर खसीको मासु खरिद गरेका छन् ।

माग अत्याधिक भएपनि यसपटक ७५ प्रतिशत ब्यक्तिलाई मासु उपलब्ध गराउन सकेको बुचरीका सञ्चालक महेश प्रसाई म्याक्स बाबुले बताए । नेपाली समाजका अगुवा डा. नारायण प्रदान समेत लामो लाइन बसेर मासु खरिद गरे । एभरेष्ट बुचरीमा गुणस्तरीय र शुद्ध मासु पाइने भएको कारण आफुले लाइन लागेरै भएपनि मासु किनेको उनले सुनाए । ५ बर्ष अघि सिड्नीमा नेपालीहरु तथा हिन्दु र इस्लामिक धर्मालम्बीहरुलाई केन्द्रमा राखी सञ्चालन गरेको एभरेष्ट बुचरले ग्राहकको मन जित्न सफल भएको छ ।

पेनरिथबाट मासु लिन आएकी सुनिता लामा आधा घण्टा लाइनमा बसेर मासु खरिद गरिन् । “यहाँ शुुद्ध र गुणस्तरीय मासु पाइदो रहेछ, त्यति मात्र नभएर  मासु नगन्हाउने कारणले पनि लामो समय लाइनमै बसियो” उनले भनिन् ।  मासु लिना आएका अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले पनि एभरेष्ट बुचरमा शुद्ध मासु पाइने भन्दै यसप्रकारको लाइन लागेको देख्दा नेपालकै झल्को आएको बताए । बुचरीमा खरिदकर्ताहरुको लाइन देखेर अष्ट्रेलियन नागरिकहरु समेत छक्क परेका थिए । यस पटक सिड्नी सहित क्यानबेरा, ब्रिसबेन, साउथर्न हाइल्याण्ड सम्म मासु पुर्याएको र करिब २० टन बराबरको मासु बिक्री गरिएको सञ्चालक म्याक्सबाबुले बताए । एभरेष्ट बुचरले यस् बर्ष आफ्ना ग्रहक लाई बिभिन्न खालका उपहार सहितको लक्की ड्र समेतको आयोजना गरेको थियो ।