सिड्नी – नेपाल काँग्रेसको वैदेशिक विभाग अन्तर्गत नेपाली जनसम्पर्क समिती अस्ट्रेलियाको विवादका विच नया कार्यसमिति गठन गरिएको छ । एक भेला डाँक्दै यस अघि उपसभापति रहेका मधुकर गुरुङको सभापतित्वमा नया तदर्थ समिति चयन भएकोे हो । लामो समय देखी नेपाली जनसम्पर्क समिती अस्ट्रेलियामाा विवाद चलिरहेको छ । यस अघि कृष्ण गीरिको अध्यक्षतामा गठन भएको समितिले समयमा निर्वाचन सम्पन्न गर्न नसकेको तथा उनले आफुखुशीका निर्णयहरु गरेको भन्दै केही समयदेखी विवाद कायमै छ । विवादका बाबजुद पनि नया तदर्थ समिति गठन गरि नया कार्यसमिति गठन प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
एनआरएन आइसीसीका केन्द्रिय उपाध्यक्ष मन केसी, एनआरएन अस्ट्रेलियाका महासचिब डा. ज्ञानेन्द्र रेग्मी, अस्ट्रेलियन डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटा, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सीग्देल, एनएडीएफका पुर्व अध्यक्ष विवेक थापा, नेपाली काँग्रेस जनसम्पर्क समिती बिभागका सदस्य सुजित कुमार सिंह, एनआरएनका प्रवक्ता नन्द गुरुङ लगायतले बोलेका थिए । उनीहरुले जनसम्पर्क समितलाई एकताको शुत्रमा बाध्न आवश्यक रहेको बताउँदै पार्टीको हस्तक्षेप हुन नहुनेमा जोड दिए । भेलाद्धारा गठित तदर्थ समितीका संयोजक मधुकर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस जनसम्पर्क विभागका सदस्य सुजित कुमार सिंह, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जन सम्पर्क समिती एनएसडब्लुका अध्यक्ष थानु शाक्य, उपाध्यक्ष प्रदिप पाठक ,ग्रानभिल समाजका उपाध्यक्ष भिम बस्नेत ,सुदुर पश्चिम समाजका उद्धव बिष्ट, पुस्कर भट्ट ,सुनिल विष्ट, अर्वन समाजका उपाध्यक्ष राजु गीरी, नेबी संघको केन्द्रिय सदस्य डा रितेस चिमोरिया लगायतको उपस्थीती रहेको थियो । उक्त अवसरमा जनसम्पर्क विभागका सदस्य सुजित कुमार सिंहलाई जनसम्पर्क समितीको तर्फवाट सम्मानित भएका थिए ।
अध्यक्षमा चयन भएसँगै गुरुङ्ले काँग्रेसको यो विवाद साम्य हुनुपर्नेमा जोड दिए । लण्डन नेपाल न्यूज सँगको कुराकानीमा उनले यस तदर्थ समितिले नया नेतृत्व चयन गर्नको निम्ती निर्वाचन सम्पन्न गर्ने बताए ।






