रामकान्त न्यौपानेको मनै छुने गीत- ‘ए झरी, मुटुभित्र राखेको मान्छेलाई बिर्सौँ कसरी’ (हेरौ भिडियो)

 

सिड्नी । अष्ट्रेलियामा बसी संचार क्षेत्रमा संलग्न रहेका  रामकान्त  न्यौपानेले पहिलो पटक साँगीतिक कृति बजारमा ल्याएका छन् । ‘ए झरी’ बोल रहेको उक्त गीत न्यौपानेको आधिकारिक युट्युब च्यानल नमस्ते प्लस मार्फत बजारमा ल्याइएको हो ।  उक्त गीतमा विद्यालयमा शिक्षिका र विद्यार्थी प्रेम सम्बन्ध गाँसिएको छ । प्रेमीले प्रेमिका सँग भएको इन्टिमेट भिडियो सार्वजनिक गरे सँगै सम्बन्धमा दरार भएको विषय पनि भिडियोमा देखाइएको छ ।अध्ययनको शिलशिलामै माया प्रेममा फसेका कुराहरु र मुटुभित्र बसेको मायालुलाई बिर्सन नसकेका कुराहरु प्रस्तुत गरिएको छ । त्यसैगरी प्रेमीलाई अन्तिममा केही ब्यक्तिहरुले हत्या सम्म गर्न पुग्छन् ।

रोशन सिंह र प्रविशा अधिकारीको स्वर रहेको उक्त गीतमा रोशन सिंहको उत्कृष्ट शब्द,संगीत रहेको छ । विशाल निरौलाले एरेन्ज गरेको उक्त गीतको मिक्सीङ कुमार रानाले गरे भने चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोलाई बुद्ध थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ ।

न्यौपानेले आफ्नो पहिलो सांगीतिक कोसेलीको रुपमा यस गीत मार्फत संगीत क्षेत्रमा पहिचान स्थापना गर्ने प्रयास गरेका हुन् ।

चिना हेर्ने ज्योतिषले भनेको
एकअर्कालाई होइन रे बनेको

आशु दिने मान्छेलाई बिन्ती छ
मेरो लागि त्यही आँशु किम्ती छ
ए झरी
मुटु भित्र बसेको मान्छेलाइ बिर्साै कसरी……………..बाँकी  हेनुहोस् भिडियोमा ।