तमु धि लण्डन इकाईले बाढ्यो लमजुङ तरापुका पहिरो पीडितलाई नगद १ लाख ५ हजार

लण्डन । तमु धि लण्डन इकाईले लमजुङ जिल्लाको मर्स्याङदी गाउँ पालिकामा रहेको तरापु गाउँका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
जुलाई २२ गते तरापु गाउँमा गएको भीषण पहिरोको कारण २१ घर पुरिनुको साथै ठुलो जनधनको क्षति भएको कारण प्राकृतिक बिपत्तिमा परेका परिवारहरु प्रति दु:ख व्यक्त गर्दै राहत प्रदान गरेको हो ।
समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा जुम कन्फ्रेन्समार्फत सञ्चालन गरी उक्त रकम आफ्ना दान वीर सदस्यहरुबाट संकलन गरिएको ७१० पाउन्ड (नेपाली एक लाख पाँच हजार) हस्तान्तरण गरिएको हो।
लमजुङ समाज युके राहत संकलन समितिका सचिब परसुराम गुरुङ तथा समितिलाई तमु धि युकेका अध्यक्ष श्री नन्द जंग गुरुङ , लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ,आमा समुह कि अध्यक्ष श्रीमती डिलमाया गुरुङ,आमा समुह कि उपाध्यक्ष देबकला गुरुङ ,कोषअध्यक्ष ललितमान गुरुङ,महासचिव भरत गुरुङ र सल्लाहकार ईश्वर गुरुङको बहुलिबाट हस्तान्तरण गरिएको हो। उक्त घटनाको विवरण बैठकमा आमा समुह कि अध्यक्ष श्रीमती दिलमाया गुरुङले पेस गर्नु भएको थियोे।
यसरी तमु धि लण्डन इकाईले विभिन्न संघ सस्थासंग सहकार्य गर्दै दु:ख सुखमा विभिन्न क्षेत्रमा सहयोग गर्दै उदाहरणीय कार्य गर्दै आएको छ ।
महासचिब भरत गुरुङका अनुसार विपतका बेला समाजले राहत उपलब्ध गराउँदा केहि दिन भएपनि खानाको जोहो भएको भन्दै राहत पाउँनेहरुले खुःशी व्यक्त गरेका छन् ।