काठमाण्डौ । झापामा साथीको नाममा कंलकित ब्यबहार गर्ने एक युवालाइ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । झापाका गोमन सिंह गमरको हत्यामा संलग्न मनकुमार लिम्बुलाइ प्रहरीले शनिवार विहान सार्वंजनिक गरेको हो । उनीहरु दुवै मिल्ने साथी रहेको अनुसन्धानबाट खुलेको छ ।
तीन दिन लगाएर गरेको अनुसन्धानपछि लिम्बु एक्लैले आफ्नै साथी मगरको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
१७ भदौमा झापाको शिवसताक्षी नगरपालिका– ११ स्थित सताक्षीधाम जाने भित्री सडकको किनारमा गोमनको शव घाटी काटिएको अवस्थामा फेला परेको थियो । शव फेला परेलगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यलय, जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी ईकाई कार्यालय धरानबाट कुकुर झिकाई अभियुक्तको खोजी गरिएको थियो । 
हत्याकै दिन लिम्बुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानलाई असहज हुने भन्दै सार्वजनिक गरेको थिएन । लिम्बुलाई ३ दिनदेखि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार भदौ १६ गते अन्दाजी ६ः३० बजेको समयमा नयाँ नम्बरबाट फोन गरेर भेट्न बोलाएक थिए ।
बेलुकाको हावा खाई फ्रेस हुन जाऔं भन्दै गोमनले चलाएको मोटरसाइकलमा चढेर उनीहरु सताक्षी धाम मन्दीरतर्फ गएको अनुसन्धानबाट खुलेको छ । त्यही क्रममा मोटरसाइकल स्लो गर्न लगाएर पछाडिबाट छुराले घाँटी रेटेर हत्या गरेको लिम्बूले प्रहरीसमक्ष स्वीकार गरेको बताइएको छ ।
साथीको नाममा कलंक : मोटरसाइकल चलाइरहेको बेला पछाडिबाट छुराले हानेर हत्या






