बेलायतमा नेपाली इन्जिनियरको अध्यक्षमा सयुक्त श्रेष्ठ,यस्तो बन्यो कार्यसमिति

लण्डन। बेलायतमा रहेका नेपाली मुलका नेपाली  इन्जिनियर हरुको सस्था सोनेयुकेको अधिबेसन सम्पन्न भएको छ । उक्त अधिबेसनले सोनेयुकेको नयाँँ कार्य समिती पनि गठन गरेको छ साथै प्रस्तावित बिधानमा गहन छलफल गर्दै सदस्यता सम्बन्धी कुरा लाई थप छलफल गर्ने गरी अन्य कुराहरु पारित गरेको छ ।

बेलायत भित्र रहेका मध्य अहिले २४२ जनाले सोनेयुकेको सदस्यता लिएका वा नविकरण गरेका छन जसमध्य २४१ जनाले मतदान गरेका थिए।अनलाइन मार्फत गरिएको चुनावमा अध्यक्षमा संयुक्त श्रेष्ठ ले १५८ मत प्राप्त गर्दै सुबोध तिमील्सेना लाई पराजित गरेका थिए। यसै गरी महासचिव मा बिदुर घिमेरे १०५ मत प्राप्त गरी बिजयी हुँदा प्रतिद्वन्धी हरी कृष्ण न्यौपानेले ९० र अर्का उम्मेदवर मोहम्मद अन्सारीले ४६ मत प्राप्त गर्नुभएको थियो।

सचिव मा रोशन भट्टराईले १८१ मत प्राप्तगर्दा निकट्तम प्रतिद्वब्धी सज्ञान खरेल ले ६० मत प्राप्त गर्नु भएको थियो। उपादक्ष्य र कोशादक्ष्यमा निर्बिरोध चयन भएको थियो। ४ सदस्य सहित ९ जनाको कार्यसमिती चयन् भएको छ।

बेलायतमा रहेका बिभिन्न क्षेत्रका इन्जिनियरहरुको साझा संस्था सोनेयुकेले नयाँ युवा इन्जिनियरहरुलाई आव्श्यक सहयोग गर्ने, नेपालमा प्राबिधि ट्रान्स्फरको लागी सहयोग गर्ने, बिभिन्न कार्यशाला र टल्क प्रोग्रामहरु गर्ने गरिरहेको छ ।निबर्तमान अधक्ष्य शैलेन्द्र काजी श्रेष्ठको अधक्ष्यतामा सम्पन्न भएको उक्त अधिबेशन जुम मा गरिएको थियो।

बेलायतमा रहेका सम्पूर्ण नेपाली मुलका इन्जिनियरहरुको यो संस्थाले नेपालको इन्जिनियरिङ्ग क्षेत्रमा ठुलो योगदान पुर्याउन सक्ने कुरा इन्जिनियर राम राज शर्मा ले लन्डननेपाल न्युज लाई  लाई बताउनु भयो। यो संस्थाले इन्जिनियरको ब्रितीबिकास मात्र होइन समग्र देशकै बिकासमा ठोस् योगदान पुर्याउन सक्छ र अहिले निर्वाचित कमिटीले सोही अनुरुप कार्य योजना तयार गर्ने आशा पनि गर्न सकिन्छ उँहाले बताउनु भयो।