अफ्रिकी प्रवसीबीचको धार्मिक झडपमा १२ जनाको मृत्यू :

लिवियाबाट युरोप छिर्ने क्रममा रहेका अफ्रिकी प्रवसीबीचको धार्मिक झडपमा १२ जनाको मृत्यू भएको छ । चलिरहेको डुङ्गामा रहेका इस्लामहरुले १२ ईसाई धर्मावलम्वीलाई जिउदै समुन्द्रमा फालेको बताइएको छ ।

libiya

लिवियाबाट युरोप जादै गरेको डुङ्गामा रहेका अल्पसङ्ख्यक ईसाईहरुलाई इडालीको समुन्द्र नजिक इस्लामहरुले समुन्द्रमा फालेको बताइएको छ । चलिरहेको डुङ्गामा धार्मिक हिंसा फैलाएको आरोपमा इटाली प्रहरीले १५ जना इस्लामहरुलाई पक्राउ गरेको छ । घाना र नाईजेरियाका इसाई प्रवासीहरु १२ जनाको मृत्यू भएको आसंका प्रहरीले गरेको छ । प्रहरीले पक्राउ गरेको संधिग्द आरोपीहरु सेनेगल, माली गिनी र आईभरीकोष्टका मुस्लिमहरु रहेका छन । उनीहरु, गत मंगलबार लिवियाबाट १ सय ५ जना सवार डुङ्गाका यात्रुहरु रहेको इटाली प्रहरीले जानकारी दिएको छ । यसैबीच लिवियाबाट इटालीतर्फ आइरहेको अर्को ड्ङगा डुब्दा कम्तिमा चालीस जनाको मृत्यू भएको छ । पछिल्ला दिनहरुमा मुकध्यसागर पाग गर्ने अफ्रिकी प्रवासीहरु मध्ये दुर्घटनामा परेका १ हजार जनालाई प्रहरीले उद्धार गरेको छ । यसका लागि इटालीले युरोपेली संघ संग थप सहयोगको याचना गरेको छ । यसै बर्षको अहिलेसम्म अफ्रिका वा मध्यपूर्वबाट युरोप हिडेका करिव पाँच सय प्रवासीहरु डुङगा दुर्घटनामा मारिइसकेका छन ।