अष्ट्रेलियाबाट नेपालको अर्काे चार्टड फ्लाइट हुँदै, २९८ यात्रुलाइ नेपाल जान सुविधा

तक्दीर अधिकारी, सिड्नी ।
विभिन्न कामको सिलसिलामा अष्ट्रेलिया आइ नेपाल फर्कन नपाएकाहरुको समस्यालाइ मध्यनजर गर्दै अर्काे चार्टड उडान गरिने भएको छ ।
एभरेष्ट ट्राभल एण्ड टुर्स, कान्तिपुर ट्राभल, डिलाइटेड टुर्स एण्ड ट्राभल्स, दा भिन्सी ट्राभल एण्ड टुर्स, यति ट्राभल एण्ड टुर्स र साग्रिला ट्राभल एण्ड टुर्सको संयुक्त पहलमा पुरै चार्डर उडान भर्न लागिएकोे होे ।

सिंगापुर एयरलाइन्सको विमान आउने २० अगष्टमा सिँगापुर टिर्मनल हुँदै काठमाण्डौ पुग्ने छ । भने सिड्नी, ब्रिसवेन, मेलवर्न र एडिलेडमा रहेका २९८ जना नपाल फर्कन सक्ने भएका छन् ।
उक्त उडानमा स्वदेश फर्कने यात्रुहरुले १६५० डलर शुल्क बुझाउनु पर्ने छ । टिकट बुक गर्न चाहनेहरुले कम्पनीले बनाएको अनलाइन फर्म भर्न सकिने एभरेष्ट ट्राभल एण्ड टुर्स सञ्चालक इर्शाद आहमदले जानकारी दिए ।

‘फर्म भर्दा कम्तीमा २०० डलर अग्रिम बुझाउन पर्छ, हालसम्म ५० प्रतिशत टिकट बकिङ भइसकेको छ’ आहमदले भने ‘यस पछि अन्य चार्टड फलाइट हुँदैन, नियमित उडान नभएसम्मको निम्ती यो नै अन्तिम उडान हुनेछ’ । उनले उक्त विमान सिड्नीबाट उड्ने बताउँदै अन्य राज्यमा रहेका नागरीकहरुलाइ सिड्नी आउनको निम्ती कनेक्सन फ्लाइटको व्यवस्था गरिने जानकारी दिए ।

हालसम्म ६०१ जना नेपाल फिर्ता
गैरआवासीय नेपाली संघ र अन्य सामाजिक संस्थाहरुको संयुक्त पहलमा हालसम्म ६०१ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन् । यसअघि नेपाल सरकार, अष्ट्रेलिया स्थित नेपाली दूतावास तथा नेपाल एयरलाइन्सको संयुक्त पहलमा जुलाइ १४ गतेको उडानमा १ सय ४९ जना नेपाली स्वदेश फिर्ता गएका थिए भने ३० गतेको दोस्रो उडानमा एक वालक सहित १ सय ६१ जना नेपाल गइसकेका छन् । त्यसैगरी ६ अगष्टमा २ सय ९१ जना नेपाली हरु स्वदेश फिर्ता भएका छन् । तीन उडान गरि हालसम्म ६०१ जना नेपाली स्वदेश फिर्ता भएको बताइएकोे छ ।

अग्रिम टिकट बुक गर्न यहाँ क्लिक सकिने छ ।