सन् २००५ मा पाँच लाख नेपाली रुपैयाँ बोकेर नेपाल आएकी म्यागी डोयनको उतिबेला खासै ठूलो सपना थिएन। बिभिन्न कारणले बाआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोशण गर्ने र राम्रो शिक्षादिक्षा दिने सीमित योजना थियो। त्यसैले उनी भारत हुँदै सुर्खेत आएकी थिइन्।
वीरेन्द्रनगर, भैरवस्थानमा उनले कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन्। सुर्खेतलाई कर्मथलो बनाएर शिक्षा सेवा गरिरहेकी अमेरिकी किशोरी म्यागी डोयन ‘सिएनएन हिरो-२०१५’ मा मनोनयन भएपछि उनको चर्चा चुलिएको छ। सिएनएनले हालै ‘सिएनएन हिरो’ प्रतिस्पर्धीको रुपमा उनको कामको परिचय भिडियो सार्वजनिक गरेको छ।






