तक्दीर अधिकारी सिड्नी ।
अस्ट्रेलियामा रोकिएका २ सय ९१ नेपालीहरू सिड्नीबाट अन्तिम चार्टड विमानमा किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ ९.३० बजे काठमाडौँ प्रस्थान गरे। नेपाली राजदूतावास क्यानबेराको पहल तथा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजन र एएनएमडिए, एएनजेए लगायत विभिन्न सामुदायिक संघ, संस्थको सहकार्यमा गठन गरिएको ‘रिपारेसन टास्क फोर्स’ अर्थात् स्वदेश फिर्ती कमिटीले उक्त चार्टर्ड उडानलाई तय गरेको थियो ।
एनआरएनएका अध्यक्ष केशव कंडेलले भने केही यात्रुहरुले सिड्नी जानका लागि असहज भोग्नु पर्यो , ब्रिसबेनका यात्रुहरूका लागि बस तथा अन्य राज्यका यात्रुलाई व्यावसायिक उडानमार्फत् सिड्नीसम्म ल्याउने व्यवस्था समेत गरिएको थियो। कंडेलले महामारीको कारण बनेको असहज परिस्थितीमा पनि आन्तरीक उडान मार्फत अन्य राज्यमा रहेका यात्रुहरुलाइ सिड्नीसम्म सुरक्षित ल्याउन सकिएको भन्दै उक्त पहलगर्ने सबैलाइ धन्यवाद दिए ।स्वदेश फिर्ता हुनेहरुमा विशेषगरी अस्ट्रेलियामा आफन्त भेट्न आएका अभिभावकहरू थिए ।
हालसम्म २ हजार ४ सय २७ जना नेपालीहरूले फारममार्फत् स्वदेश फर्कने इच्छा व्यक्त गर्दै क्यानबेरास्थित नेपाली राजदूतावासमा आफ्नो नाम टिपाएको नेपाली राजदुावास क्यानबेराकी उपनियोग प्रमुख द्रुपता सापकोटाले जानकारी दिइन् ।
यसअघि नेपाल सरकार, दूतावास तथा नेपाल एयरलाइन्सको संयुक्त पहलमा जुलाइ १४ गतेको उडानमा १ सय ४९ जना नेपाली स्वदेश फिर्ता गएका थिए भने ३० गतेको दोस्रो उडानमा एक वालक सहित १ सय ६१ जना नेपाल गइसकेका छन् । यो उडान सँगै ६ सय १ जनालाइ स्वदेश फिर्ता गराइएको एनआरएनएका कोषाध्यक्ष अनिल पोखरलले जानकारी दिए ।

यसैगरी विमान भाडा बुझाएर पनि स्वदेश फिर्ता हुन नपाएका ५० जना भन्दा बढी नागरीकहरुको रकम फिर्ता गर्ने कार्य आजबाटै शुरु गरिने उनले जानकारी दिए ।
स्वदेश फिर्ता भइसकेका ६०१ जना मध्ये बढी भाडा तिरेका नेपालीको पनि बढी लिइएको रकम फिर्ता गरिने तर त्यसको लागि एनआरएनएको वेभसाइटमा गइ फर्म भर्नुपर्ने बताइएको छ ।
एनआरएनएको पहलमा गरिएको यो अन्तिम उडान रहेको र यसपछि अन्य उडानको तय भएको छैन । केही समयमै व्यवसायिक उडान सुरु हुने र यो चार्टड फ्लाइट अत्यन्तै महँगो भएको कारण अब यस प्रकारका उडानहरु नगरीने पोखरेलले जानकारी दिए ।
टास्कफोर्समा रहेका सबै ब्यक्तिहरुले नेपालीहरुलाइ स्वदेश फिर्ता गर्ने कार्यमा साथ दिएको भन्दै संघका प्रवक्ता नन्द गुरुङले सबैलाइ धन्यवाद समेत दिए ।
स्वदेश फिर्ती प्रक्रियालाई सहज, सरल र सस्तो बनाउनका लागि दूतावासले पहल, गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको संयोजन, तथा अन्य संघ, संस्थाहरूको सहकार्यमा स्वदेश फिर्ती कमिटी गठन गरिएको राजदुत महेशराज दाहालले बताए । जसको कारण नागरीकलाइ स्वदेश फिर्ता गराउने कार्यमा निकै सजिलो भएको भन्दै उनले यस काार्यमा साथ दिने सबैलाइ धन्यवाद दिए ।
एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङका अनुसार स्वदेश फिर्ता हुनको निम्ती अघिल्लो दिन नै अन्य राज्यबाट सिड्नी आइपुगेका महानुभावहरुलाइ सिड्नीका केही ठाँउमा घुमाइएको र उक्त अवसरमा प्रदान गरेकोमा न्यु साउथ वेल्स राज्य परिषदलाइ अभिभाबकहरुले धन्यवाद दिएका थिए ।स्वदेश फिर्ता हुने हरुलाइ लागेदर संस्थाले २५ हजार बराबरकोे सहयोग तथा मायाको चिनो समेत प्रदान गरिएको समेत गुरुङले जानकारी दिए ।
नेपालीहरुको प्रस्थानलाइ सहज बनाउनको निम्ती एनआरएनए प्रवक्ता नन्द गुरुङ, युवा संयोजक इरशाद अहमद ,न्यु साउथ वेल्स राज्य परिषदका संयोजक देव गुरुङ, उपसंयोजक चुन्न क्षेत्री, सहसचिब तिर्थ कार्की, एसीसी मेम्बर विरोध थिङ, समाजसेवी द्धोय प्रेम श्रेष्ठ, रोशनी श्रेष्ठ लगायत उपस्थित थिए ।नेपाल फर्केका यात्रुहरु १४ दिनसम्म नेपालमा होटेल क्वारेन्टिनमा बस्नुपर्ने छ ।






