सुशान्तको आत्महत्या प्रकरण रहस्यमय बन्दै

मुम्बई/ एजेन्सी- बलिवुड एक्टर सुशान्त सिंहको आत्महत्या प्रकरणमा शंका उपशंकाहरु बढ्दै जाँदा यो बिषय थप जटिल बन्दै गएको छ । उनका पिताले सिधै सुशान्तकी प्रेमिकालाई इंगित गर्दै अदालतमा मुद्दा दायर गरे पश्चात एक पछि अर्को रहस्य खुल्दै गएका हुन् ।

सुशान्तका बडी गार्डले बताए अनुसार उनी लण्डनबाट आए पछि उनको दैनिकीमा निकै परिवर्तन आएको थियो ।
कोही भन्छन , उनी आत्महत्या गर्ने खालका मानिस हुँदै होइन । तर धेरैजसो समय सुतिरहने र बिरामी हुँदै गएका थिए । तर तिनकी प्रेमिका भने उनका परिवारसँग मिलेर पार्टी लगायतका गतिविधिमा संलग्न हुने गरेकी थिइन् ।

जति पनि खर्च हुन्थ्यो सबै सुशान्तकै बैंकबाट खर्च गर्नेगरेकी थिइन् । विस्तारै विस्तारै सुशान्तमा निकै परिवर्तन आएको हामीले देखेका थिर्यौँ ।

उनी एकदम कोहीसँग नबोल्ने मात्र सुतिरहने उनको दैनिकी नै बनेको थियो । सुशान्तको सम्पत्तिमा मोजमस्ती गर्ने बानी नै परेको थियो रियाको ।

यो कुरा सुशान्तलाई एकदमै मनपरेको थिएन । किनभने उनी फिजुल खर्च गर्ने स्वभावका थिएनन् । तर त्यसको विपरीत केवल सुशान्तकै सम्पत्तिमा मोजमस्ती गर्ने बानी परेकी उनकी प्रेमिका रिया चक्रवर्तीसँग निकै मनमुटाव बढ्दै गएको थियो ।

एकपछि अर्को कुरा आएपछि हाल रिया चक्रवर्ती निकै अप्ठ्यारोमा पर्दै गएकी छिन् । पटना पुलिस र मुम्बई पुलिसको अनुसन्धान अब रिहा चत्रवर्तीको परिवारतीर बढ्दै गएको छ ।