तक्दीर अधिकारी, सिड्नी – रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया आरएसएनएको आयोजनामा रक्त दान, जीवन दान भन्ने उद्धेश्य सहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतवार अष्ट्रेलियन ब्यड डोनर सँघ सँगको सहकार्यमा ४८३ जर्ज स्ट्रिट टाउनहलमा रक्तदान कार्यक्रम गरिएको हो । उक्त अवसरमा १४ जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक मुक्तिराम पोखरेलले जानकारी दिए ।
‘कोरोना भाइरसको त्रास त्यसैमाथी बर्षाको कारण रक्तदानमा अलिक समस्या त भयो’ पोखरलले भने, ‘सेवा नै धर्म हो भन्ने मर्म बुझी समस्याकै बाबजुत पनि १४ जनाले ब्लड डोनेट गर्नुभयो’।
साहित्यिक तथा सांस्कृतिक संयोजक समेत रहेका पोखरेलले ११ जनाले रगत र बाँकी ३ जनाले प्लाज्मा दान गरेको जानकारी दिए ।
उक्त अवसरमा गैरआवसीय नेपाल संघ न्यु साउथ वेल्स राज्यपरिषद उपसंयोजक चुन्ना क्षेत्री, इश्वर पोख्रेल “अविरल“, दिवाकर काफ्ले, अर्जुन गैरे, मुक्तिराम पोखरेल रोशन कोइराला, लक्ष्मी न्यौपाने,रबि थापा,सरोज पान्डे,बिनोद मैनाली,पदम अधिकारी,सिमा थापाले रगत दान गरेका हुन । त्यसैगरी कमल भन्डारी, प्रदीप खनालले पनि उक्त परोपकारी काममा सहभागीता जनाए ।
संस्थाका अध्यक्ष इश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महासचिव दिवाकर काफ्लेको सञ्चालन रहेको थियो भने संयोजन सम्योजक मुक्तिराम पोखरेलले गरेका थिए । त्यसैगरी कार्यक्रममा संस्थाका संस्थापक राज खनाल, कार्यकारी पदाधिकारी सदस्य तुल्सा पाण्डे लगायतको पनि उपस्थिती रहेको थियो । संस्थाले आफ्नो स्थापना काल देखी नै यस खालका परोपकारी काम हरु गर्दै आएको छ ।
संस्थाको बार्षिक कार्यतालिका अनुसार नै आजको रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । ‘हामीले यो समयको लागि अन्य धेरै पनि योजनाहरु बनाएका छौँ’ अध्यक्ष पोखरेलले भने ‘तर विश्वव्यापी कोरोना महामारी भएको कारण कार्यान्वयनमा अलिक समस्या भयो’ ।
उनले यो समस्या साम्य हुँदा बित्तिकै संस्थाका योेजना अनुसारका कामहरु पुरानै तरिकाबाट गर्ने पनि जानकारी दिए । संस्था भावी दिनहरुरमा पनि यसखालका समाजसेवा कामहरु जारी राख्ने उनले जानकारी दिए ।







