काठमाडौ । अयोध्या र रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकोको अभिव्यक्तिप्रति स्पष्टीकरण दिदै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओलीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको भन्दै कसैको भावनामा चोट पुर्याउने आशयको पनि नरहेको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा जनकपुरधाममा बार्षिक हुने जनकपुर र अयोध्यावीचको विवाह पञ्चमीको महत्व लगायत सन् २०१८ मा नेपालका प्रधानमन्त्री केपी ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेको रामायण सर्किट र जनकपुर–अयोध्या बस सेवाको बारे समेत दर्शाइएको छ ।
प्रधानमन्त्रीले आइतबार भानुजयन्तिका अबसरमा बालुवाटारमा आयोजित कार्यक्रममा भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्जको ठोरीमा पर्ने बताएका थिए ।







