लण्डन। बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्न सरकारद्वारा गत मार्च २३ तारिखबाट जारी गरेको लकडाउनलाई जुलाइ ४ तारिखबाट केहि खुकुलो पार्ने निणय गरिएको छ ।
यसै बीच कोरोना भाइरसका कारण इंग्ल्याण्डमा बन्द भएका धेरै व्यवसायहरु आज देखि खुल्दैछन्।तर सरकारले खोल्न अनुमति दिएका पेशा, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा कोभिड १९ बाट सुरक्षित रहने उपायहरु-स्वास्थ सुरक्षा मापदण्ड अपनाउन पर्नेछ।
सरकारका अनुसार शनिबारदेखि निम्न व्यवसायलाई खोल्न अनुमति दिइएको छ।
यी क्षेत्र खुल्छन् :
- होटल, होस्टल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट र घर, क्यापिङ साइटहरु, क्याराभान पार्कहरु र बोर्डिङ घरहरु
- प्रार्थना गर्ने ठाउँहरु
- पुस्तकालयहरु
- सामुदायिक केन्द्रहरु
- रेष्टुरेन्ट, क्याफे, कार्यस्थलका क्यान्टिनहरु, बारहरु, पबहरु
- हेयर सैलुनहरु, बार्बर सपहरु, कपाल काट्ने घुम्ती पसलहरु
- चलचित्र घरहरु
- थियटरहरु, कन्सर्ट हलहरु
- थिम पार्कहरु, साहसिक कार्यका लागि खोलिएका उद्यानहरु
- बाह्य जिमखाना र खेल मैदानहरु
- संग्रहालय र अभिलेखालयहरु
- बिंगो हलहरु
- बाह्य स्केटिङ रिन्कहरु
- मनोरन्जन केन्द्रहरु
- नमूना ग्रामहरु
- सोसल क्लवहरु
- आक्वारिम, चिडियाखाना, सफारी पार्कहरु, वन्यजन्तु केन्द्रहरु
- पुरात्वात्विक स्थानहरु, बगैँचाहरु, फिल्म स्टूडियोहरु
- यी क्षेत्र खुल्दैनन् :
- नाइट क्लवहरु
- क्यासिनोहरु
- बलिङ र इन्डोर स्केटिङ रिन्कहरु
- इन्डोर खेल स्थलहरु
- स्पाहरु
- नेल बारहरु, ब्यूटी सैलुनहरु, ट्यानिङ सैलुनहरु
- मसाज, ट्याटु र पिअर्सिङ पार्लरहरु
- इन्डोर व्यायाम शालाहरु, नृत्य केन्द्रहरु, जीमखाना
- पौडी पोखरीहरु, जलक्रिडास्थलहरु
- प्रदर्शनी केन्द्रहरु, सभा हलहरु






