ट्राभल कन्सोलले यूके र युरोपबाट २ चार्टर्ड फ्लाईट नेपाल उडाउँदै

लण्डन । बेलायतस्थित एक ट्राभल्स एजेन्सी, ट्राभल्स कन्सोल लिमिटेड, ले युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन थप दुइओटा चार्टर्ड फ्लाइटहरु गर्न लागेको जनाएको छ ।

नेपाल सरकारसंगको समन्वयमा यही २९ जुन र २ जुलाईका दिन युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागिएको ट्राभल कन्सोलका निर्देशक विराज भट्टले बताए ।

लन्डन नेपालन्युजसंग कुरा गर्दै भट्टले विदेशमा अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने नेपालीहरुलाई लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्र्यांकफर्ट, ओस्लो, म्याड्रिड, लगायतका शहरहरुबाट कनेक्टिंग फ्लाईटमार्फत दोहा हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको जानकारी दिए ।

“सबै फ्लाइट कतार एयरवेजमार्फत गरिनेछ । चार्टर फ्लाईटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्नेछ”, निर्देशक भट्टले भने , “गन्तव्यअनुसार दोहामा केही लामो समय ट्रान्जिट पर्न सक्छ । तैपनि हामी यसलाई छोटो बनाउने प्रयासमा छौँ, ” उनले भने।