लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)राज्य समन्वय परिषद इंगल्याण्डद्वारा यहि बुधबार २४ जून २०२० मा योगा तथा अध्यात्मिक चिन्तन सम्बन्धि एक कार्यक्रमको आयोजना हुने भएको छ। बिहान १० बजे देखि ११:३० सम्म हुने उक्त कार्यक्रममा नेपालबाट बेलायत आउनुभएका योग तथा अध्यात्मिक क्षेत्रमा प्रख्यात योग गुरु मोहन कार्की द्वारा योग तथा अध्यात्मिक चिन्तन सम्बन्धि क्रिया तथा जानकारी सम्बधि कार्यक्रमको आयोजना गरिएको एनआरएनए इंगल्याण्डका अध्यक्ष दिपक श्रेष्ठ जानकारी दिएका हुन्।
अध्यक्ष श्रेष्ठका अनुसार कोरोना भाईरसको महामारीको कारण बिश्वब्यापी रुपमा मानवजीवन आर्थिक, मानसिक तथा शारीरिक रुपमा तहस-नहस भएको अवस्थामा यस्तो कार्यक्रमले सहयोग पुर्याउने छ । यस विषम परिस्थितिमा शारीरिक तथा मानसिक सन्तुलन गराउन, तथा अध्यात्मिक जीवनशैली द्वारा चिन्ता तथा भयमुक्त जीवनशैली कसरि अपनाउने भन्नेबारे र क्रियायोग कसरि गर्ने भन्ने जानकारी यसै शिविर द्वारा प्रत्यक्ष लाभलिन सकिने छ।
त्यसैगरी एनआरएनए इंगल्याण्डका सचिब गोबिन्द खरेलले यो अवसर बेलायत बासि सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदि-बहिनि हरुले लाभ उठाउन सक्नुहुने छ भन्ने आशाका साथ योग गुरुको यो अठोट तथा प्रयास लाइ उपस्थित भै सहयोग गरिदिनुहुन पनि आग्रह गरेका छन्।
नेपाल तथा भारतमा समेत प्रख्यात योग गुरु मोहन कार्की यसै साताको अन्त्यमा नेपाल फर्कने भएकोले छोटो सुचनामा यो कार्यक्रम बुधबारलाइ तय गरिएको बताइएको छ।
एनआरएनए इंग्ल्याण्ड राज्य परिषदको आयोजनामा हुने यस अध्यात्मिक ज्ञान-बारे एक कार्यक्रम लन्डन नेपाल न्युजको प्रत्यक्ष प्रसारण बाट हेर्न सकिनेछ ।






