तक्दीर अधिकारी
सिड्नी । नेपालले यतिबेला कोरोना संक्रमणको महामारी सामना गरिरहेको छ। देश बिदेशबाट नेपाली समुदाय आबद्ध संघसंस्थाले यो बिपत्तिमा आ-आफ्नो ठाउँबाट जन्मभुमि नेपाल र नेपाली समुदायप्रति सहयोग अभियानमा जुटाइरहेका छन् ।
सामाजिक कार्यमा अग्रपंक्तिमा देखिएको पोखरा समाज अष्ट्रेलियाले यो महामारीमा प्रवासी समुदायको तर्फबाट सबैभन्दा पहिला स्वदेशमा सहयोगको घोषणा गरेको थियो । समाजले पहिलो चरणको कार्यक्रमअन्तर्गत KN 95 with Filter Respirator Doctor Mask र disposable paper mask गरि आठ सय थान Doctor Mask. सार्बजनिक प्रयोजन का लागि आधुनिक Foot Operating Hand Washing Station = EDAL OPERATED SANITIZER DISPENSER पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई हस्तान्तरण गरेको समाजका महासचिव समित केसीले जानकारी दिए। यसैगरी कोरोना संक्रमण प्रमाणिात भइ सोही अस्पतालमा उपचार्थ विरामीलाई समाजको तर्फबाट निरन्तर फलफुलसमेत उपलब्ध गराएको छ ।

संस्थाका अध्यक्ष राजकुमार अधिकारीले कार्यक्रमको सफलताका निम्ति सहयोग गर्ने सम्पूर्ण सहयोग दाताहरू समाजका सल्लाहकार पदाधिकारी नेपाल अवस्थित अस्पताल प्रसासन सहयोगी सस्था सामाजिक ब्यक्ति सबैलाई धन्यवादसहित यस किसिमको रचनात्मक सामाजिक कार्यमा समाज सधै अगाडि बढ्ने बताए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर जिसीले प्रवासमा रहेर पनि देशलाई अप्ठ्यारो पर्दा पोखरा समाज अष्ट्रेलियाले रचनात्मक र प्रत्यक्ष सहयोगात्मक भूमिका खेलेको भन्दै पोखरा समाज अष्ट्रेलियालाई धन्यवाद दिए ।
त्यस्तै अतिथि समाजसेवी कृष्णबहादुर केसीले यो विशुद्ध पबित्र सामाजिक कार्य भएको र प्रवासमा रहेर पनि जन्मभुमिप्रति पोखरा समाज अष्ट्रेलियाले निकै सराहनीय सहयोग गरेको भन्दै सहयोगका निम्ति समाजलाई धन्यवाद दिएका थिए ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकूलपति प्रा.डा. बुद्धिबहादुर थापा त्यस्तै गरी निर्देशक पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सह.प्रा. डा. अर्जुन आचार्यले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको तर्फबाट पोखरा समाज अष्ट्रेलियाको सहयोगप्रति समाजलाई धन्यवाद दिएका थिए ।
श्री सत्य युवा क्लबले उक्त कार्यक्रमको स्थानीय ब्यवस्थापन गरेको थियो । क्लबका अध्यक्ष सुरेन गुरूङले सामाजिक कार्यमा पोखरा समाज अष्ट्रेलियासँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै अगाडि बढ्ने भन्दै क्लब को तर्फबाट समाजलाई धन्यवाद दिए ।
कार्यक्रम सचिव बिशाल गुरूङले चलाएका थिए । हाल कोरोना संक्रमणको उपचार गराइरहेका संक्रमितलाई समाजले दैनिक फलफुल उपलब्ध गराइरहेको जानकारी दिदै यसको ब्यवस्थापनको लागि क्लबले समाजलाई निरन्तर सहयोग गर्ने बताए। कार्यक्रमको ब्यवस्थापनमा सबिन लामिछानेले समन्वयकारी भुमिका खेलेका थिए ।
सहयोग सानो ठुलो हुदैन यद्यपि कोभिड-१९ को विषम परिस्थितिमा पोखरा समाज अष्ट्रेलियाको यो उदाहरणीय र अनुकरणीय कार्यप्रति पोखरावासीले पोखरा समाज अष्ट्रेलियालाई सम्झिरहने सहभागीहरूले बताए ।







