लन्डन । भुलेको छुइना जन्मा भुमी आमा ,केहि दिन लाई मात्र टाडा भएको हु बोल्देइना मान्छे प्रदेश मा पल पल रुदेइ मर्देइ बाचेका छन । लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर भबिस्यका सुनौला सपना बुन्दै कठिन पलहरु गुजारीरहेका छन् । परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेर गायक प्रेम सेन्चुरीको शब्दसंगीतस्वरमा नयाँ गीत “परदेशले मलाइ रुवायो” हालसालै सार्बजनिक भएको छ ।
आफ्नो देश,घर-परिवार,गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी गीतको शब्दमा समेटिएको छ,बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेपनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेको हुनाले आफ्नै देश फर्कने बाचा गीतमा गरिएको छ । यो गितका एरेन्जर (बिमल बुढाथोकि) हुनु हुन्छ ।
हाल अमेरिकाको न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले बिगत २ दशक अघिदेखिको सांगीतिक यात्रामा आफ्नै प्रस्तुतिका गीति एल्बम र फुटकर सबै गरेर दर्जनौं गीत गाइसकेका छन् । परदेशको व्यस्त दैनिकीमा समेत समय निकालेर गीत-संगीतमा रमाउने प्रेमका अन्य थुप्रै नयाँ गीतहरुको पनि तयारी भईरहेको छ, गायक प्रेम सेन्चुरीले न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने गरेका थुप्रै कार्यक्रमहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिईरहेका छन्,बिगतमा बिबिध कारणले सुस्ताएको आफ्नो संगीत कर्म अब निरन्तर रुपमा अगाडी बढ्ने कुरा प्रेम सेन्चुरीले जानकारी गराएका छन् । भन्छन भर्खर मेरो अब गित सगीत मा लाग्ने समय आए जस्तो छ । एउटा समय र काल खन्डा पार गरी सके को छु ,बिगत लाई पनि सम्झिछु,






