लण्डन। लण्डनमा पाल्पा पुर्वखोला गाउपालिका वडा नम्वर २ जल्पा ढोलीमाराकी धनमाया २ दिन देखि बेपत्ता भएपछि खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।एनआरएन युके आइ सी सी सदस्य लिला देबी गुरुङका अनुसार साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी ६५ वर्षीया धनमाया थापा आइतबार दिउँसोदेखि बेपत्ता भएकी हुन् ।
दिउँसाे १.४५ बजे स्थानीय प्लमस्टिड कमन पार्कमा १५/२० मिनेट हिँडेर आउँछु’ भन्दै बाहिर निस्किएकी धनमाया थापा हालसम्म घर नफर्किएको उनका श्रीमान् रेवतबहादुर सिंजाली थापाले बताए ।
धनमाया एक-डेढ घण्टासम्म पनि घर नफर्किएपछि श्रीमानले टेलिफोन गरेका थिए । तर बारम्बार टेलिफोन गर्दा पनि नउठेपछि थापाले खोजीका लागि स्थानीय प्रहरीलाई समेत खबर गरिसकेको बताए ।
परिवारका सदस्य र आफन्तहरु मिलेर आइतबार नै घण्टौंसम्म खोजी गर्दा पनि नभेटिएपछी परिवारमा चिन्ता बढेको उनका श्रीमान् रेवतबहादुर सिंजाली थापाले बताए ।
श्रीमती थापाले रातो स्वेटर, पहेँलो पहेँलो लुङ्गी, चप्पल र चश्मा लगाएकी छिन् भने गोरो वर्णकी उनको उचाई अन्दाजी ५ फिट छ ।
‘प्रेसर’ को औषधि खाने उनलाई अन्य कुनै खालका स्वास्थ्य समस्या नरहेको र मानसिक अवस्था सामान्य रहेको थापाले बताए ।
धनमायाको खोजीमा सहयोग गरिदिन परिवारले समुदायलाई अनुरोध गरेको छ । उनलाई कतै देखेमा परिवारको निम्नानुसारको नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।
सम्पर्क नम्बरहरु :श्रीमान रेवतबहादुर थापा – 07848804449 छोरा विक्रम थापा – 07435230402 लीलादेवी गुरुङ (पूर्व अध्यक्ष जीगेसा) 07400 560114 जिगेसा महासचिव हरिकमार मल्ल -07400560114-।






