लण्डन । बेलायतको अल्डरशटमा बसोबास गर्ने वरिष्ठ समाजसेवी नारायण गुरुङको निधन भएको छ । नेपालको पर्वत चारभन्ज्याङ ठानामौला गाविस वडा नम्बर ३ मा जन्मेका गुरुङको सोमबार अपराह्न ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङले बताए।
वरिष्ठ समाजसेवी एबम बौद्धिक व्यक्तित्वका धनी गुरुङको,तमु धिं यूकेमा ठुलो योगदान रहेको स्मरण गर्दै तमु धिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सहारा युकेका उपाध्यक्ष लेफ्टिनेण्ट कुसाङकुमार गुरुङका अनुसार उनी केही समयदेखि रुघाखोकीबाट ग्रसित रहेको जानकारी पाएको उनलाई पछिल्लो समय आइसियुमा राखिएकोमा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।
सामाजिक रुपमा समेत क्रियाशिल ७५ वर्षीय स्वर्गीय गुरुङका पत्नी, दुई छोरा र एक छोरी सबै बेलायतमै छन् । एक छोरा रेडिङमा छन् भने अर्का छोरा र छोरी ननिटनमै बस्दै आएका छन् ।
गुरुङ तमुधिँ युकेका सल्लाहकार, चार भन्ज्याङ तमु समाज युकेका संरक्षक, नेपलिज ब्याडमिण्टन एसोसिएसनका संस्थापक सल्लाहकार, ननिटन नेपलिज ब्याडमिण्टन क्लवका सल्लाहकार र पर्वत वेलफेयर सोसाइटी युकेका सल्लाहकार रहेका थिए ।
वरिष्ठ समाजसेवी गुरुङको निधनप्रति स्थानिय संघ सस्था एबम सहारा युकेका उपाध्यक्ष लेफ्टिनेण्ट कुसाङकुमार गुरुङ तथा तमुधिँ युकेका सल्लाहकार डेभिड गुरुङ ले पनि सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन् ।






