पोर्चुगलमा आपतकालको अवस्था मे २ बाट अन्त्य हुने ।

लिस्बन

पोर्चुगलका राष्ट्रपति मार्सेलो रीबेईरा दि सोजाले आपतकालको अवस्था २ मे को मध्यरातमा समाप्त हुने बताएका छन्। पोर्चुगलमा कोरोना महामारीको बिकासको आंकलन गर्ने विज्ञहरुसंगको छलफल पश्चात् राष्ट्रपतिले सो घोषणा लिस्बनको इन्फर्मेडको मुख्यालयमा गरेका थिए ।

छलफल पश्चात् राष्ट्रपति मार्सेलोले जोड दिदै भने , ” आपतकालको अवस्थाको अन्त्य २ मे को मध्यरातमा हुनेछ ” । राष्ट्रपतिले आपतकालिन अवस्थाको अन्त्यले प्रकोपको अन्त्य नहुने भन्दै आपतकालिन अवस्थाको अन्त्यसंगै जनजीवन सामान्य अवस्थामा फर्कन नसक्ने चेतावनी दिएका छन् ।

पोर्चुगल सरकारले कोरोना रोकथाममा लिएका कडा कदमहरुका कारण पोर्चुगलमा कोरोनको “स्थितिको नियन्त्रणको तेस्रो चरण” मा प्रवेश गर्नेछ। यसपछि जनजीवन सामान्य बनाउन सरकारले बिस्तारै चरणबद्ध रुपमा व्यवसाय र प्रतिस्ठानहरु खुल्ला गर्नेछ तर जनजीवन सामान्य हुन निकै लामो समय लाग्न सक्नेछ। राष्ट्रपति मार्सेलोले भविष्यमा पुनः आपतकालिन अवस्थाको सहारा लिनु नपर्ने तर परिस्थिति बदलिएर आवश्यक भएमा यसमा पुनर्विचार गर्न सकिने बताएका छन् ।

स्रोत- voice of nepal