बेलायतमा कोरोनाबाट ३३ नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३३ नेपालीको निधन भएको छ ।

नेपाली दूतावास लण्डन र गोरखा वेलफेयर ट्रष्टले राखेको अलगअलग अभिलेखबाट सो संख्या पुष्टि भएको हो ।

अभिलेखअनुसार हालसम्म कोरोनाबाट निधन हुनेहरुमा गोरखा भूतपूर्व सैनिकहरुको संख्या अत्यधिक देखिएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा पाको ९५ वर्षीय छन् भने सबैभन्दा कम उमेर ३२ वर्षका छन् ।

नेपाली दूतावास लण्डनले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ भने गोरखा वेलफेयर ट्रष्टले कोरोनाबाट मृत्यु हुने गोरखाहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ ।