लिस्बन
पोर्चुगलको फारोमा एक नेपाली दुर्घटनामा परेका छन्। चार दिन अगाडी दुर्घटनामा परेका उनलाई ट्रकले किचेर खुटा भाचिएता पनि अहिलेसम्म उपचार हुन सकेको छैन।
नेपालको तराईमा घर भएका लालप्रसाद थारु मार्बल कम्पनीमा काम गर्दथे। घटनापछि एम्बुलेन्स मार्फत फारो अस्पताल पुगेका थारुको चार दिन बितिसक्दा पनि उपचार हुन सकेको थिएन। चिकित्सकहरुको अभाव भएकोले उपचारमा ढिलाई भएको हो ।
घाइते थारुको खुटा भाचिएको कारण आजै मात्रै उपचार शुरु गरिएको र दुई दिनपछि मात्रै शल्यक्रिया हुने अस्पताल श्रोतले जनाएको छ। घाइते भएका थारुले उपचारमा सहयोग गरिदिन सबैसमक्ष अनुरोध गरेका छन् । स्रोत- Voice of nepal Tv






