बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि देखियो कोरोनाको सङ्क्रमण

शिब भण्डारी

लन्डन।बेलायती प्रधानमन्त्री बोरिस  जोनसन कोरोना भाइरसबाट संक्रमित भएको पाइएको टेन डाउनिंग स्ट्रीटले जनाएको छ । उनमा कोभिड-१९ का हल्का संकेतहरु देखिएका र उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसी रहेको उनको कार्यालयले जनाएको छ । “कोरोना संकटसंग जुध्न बेलायत सरकारको प्रयासको उनले नै नेतृत्व गर्ने छन्,” वक्तव्यमा भनिएको छ । इंगल्याण्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परिक्षण गरिएको थियो ।

जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्।

Tweet

Boris Johnson #StayHomeSaveLives
@BorisJohnson

Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus. I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus. Together we will beat this. #StayHomeSaveLives

यसअघि बेलायतका राज कुमार चार्ल्समा पनि कोरोना संक्रमण पाइएको उनको कार्यालयले जनाएको थियो । ७१ वर्षीय राजकुमार चार्ल्स आफ्नी श्रीमतीकासाथ स्कटल्याण्डस्थित बालमोरलमा एकान्तवासमा बसीरहेका छन् । उनकी श्रीमतीलाई भने संक्रमण देखिएको छैन ।