बेलायतको आशफोर्डमा एक नेपाली मृत अवस्थामा भेटिए,

लन्डन । बेलायतको केन्ट आशफोर्ड नजिकै नदी किनारामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । केन्ट ओनलाइनका अनुसार केन्ट प्रहरीले केही दिन अघिदेखि बेपत्ता ३३ वर्षीया युगल लिम्बूको खोजी गरिरहेको थियो । उनी अन्तिम पटक शनिबार बिहान देखिएका थिए ।


लिम्बू हराएको सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा केन्ट पुलिसले उनलाई मृत अवस्थामा भिक्टोरिया पार्कको स्टावर नजिकै नदीमा फेला पारेको थियो । हेलिकोप्टरको सहयोगमा भिक्टोरिया पार्कलाई सेरोफोरो बनाएर गत आइतबार रातिदेखि नै युगलको खोजी गरिएको थियो ।

फेला पारेको व्यक्ति उनै युगल लिम्बू भएको पुलिसले पुष्टि गरे पनि मृत व्यक्तिको सनाखत भइसकेको छैन । तर युगलको परिवारलाई भने यसबारे प्रहरीले जानकारी दिइसकेको छ । युगलको कसैले हत्या गरेको हो भन्ने शंका प्रहरीले गरेको छैन । घटनास्थल प्रहरीले घेराबन्दी गरेर राखेको छ ।

नेपाल धरान घर भएका लिम्बु विगत ४ बर्षदेखि युकेको आसफोर्डमा बसोबास गर्दै आएका थिए । गत शनिवारको मध्येरातमा आसफोर्ड टाउनबाट आफ्नो घर तर्फ हिडदै गएको सिसिटिभी फूटेजमा देखिएका लिम्बुको शब पोष्टमार्टमको लागि लगिएको छ ।

,Yugal Limbu was last seen on Saturday. Picture: Kent Police https://www.kentonline.co.uk/ashford/news/body-found-in-search-for-missing-man-223469/?fbclid=IwAR0YoYzskrUuLyoTRS-9s8V2gZQC4wn84UMwX6JJgZQFU-F9OEFHlQJ7004

Leave a Reply

Your email address will not be published. Required fields are marked *