नारी निकुञ्ज अस्ट्रेलियाको १० औं वार्षिकोत्सव भव्यरुपमा सम्पन्न (फोटो फिचर)

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया नारी निकुञ्जले १० औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भयो । नारी निकुञ्जले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्नो वाषिकोत्सव मनाएको हो । सांस्कृतिक कार्यक्रमसहित भव्यरुपमा मनाइएको उक्त कार्यक्रममा नारी निकुन्जले १० वर्षको यात्रा कसरी पूरा ग-यो भन्ने कुरा वृत्तचित्रमा देखाइएको थियो । स्थापनाकालदेखि नारी निकुञ्जले नेपालका महिलाको स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा पु-याएको योगदानबारे वृत्तचित्रमा उल्लेख गरिएको थियो ।

नारी निकुञ्जकी सभापति सन्ध्या साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष केशव कडेलले नारी निकुञ्जलाई १० वर्षसम्म यहाँसम्म ल्याइपु-याउन अहोरात्र खट्नु हुने सम्पूर्ण दिदीबहिनीहरुलाई नमन भन्दै नारी निकुञ्ज पनि समयसँग परिवर्तन हुनुपर्नेमा जोड दिए । नारी निकुञ्जकी संयोजक सन्ध्या साहले परिस्थिति जस्तो भए पनि मनस्थिति बदल्नु हुँदैन भन्ने मान्यता बोकेर अघि बढेको नारी निकुञ्जले यो कार्यक्रम गर्न सफल भएको बताइन्

एनआरएनए महासचिव डा. ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलियामा घरेलु हिंसा धेरै छ, ताजा तथ्यांक हेर्ने हो भने पनि प्रत्येक ९ दिनमा एक महिलाको हत्या हुने गरेको छ । घरेलु हिसाको घटना नेपालमा अझ धेरै हुन्छ, नारी निकुञ्जले महिला सचेतनाका कार्यक्रम नेपालमा लैजाओस भन्दै महासचिव डा. रेग्मीले शुभकामना दिए ।

एनआरएनए ओसियाना संयोजक होम पाण्डेले कोरोना भाइरसले कार्यक्रम स्थगित हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए । तर कार्यक्रम आयोजना भयो, म धेरै खुशी छु भन्दै नारी निकुञ्जले १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेकोमा बधाइ तथा शुभकामना दिए ।

नेपाली दूतावास क्यानवेरा उपनियोग प्रमुख दुरपदा सापकोटाले आफू तत्काल राज्यको प्रतिनिधित्व गर्ने भएकाले महिलाको मात्र आवाज बोल्न नसक्ने अवस्थामा रहेको बताइन् । तर, अन्तर्राष्ट्रिय महिला दिवस भएकाले मैले केही शब्द बोल्नैपर्छ भन्दै उपनियोग प्रमुख सापकोटाले भनिन, ‘नारी निकुञ्जले दस वर्षको अवधिमा गरेको काम भिडियोमा हेर्दा एकदमै खुशी लाग्यो । भविष्यमा नेपाली महिलाको क्षेत्रमा अझ धेरै काम गर्दै जाओस् नारी निकुञ्जलाई शुभकामना भन्न चाहन्छु ।’ महिला सशक्तिकरणको क्षेत्रमा सरकारले राम्रै काम गरेको छ भन्दै उपनियोग प्रमुख सापकोटाले भनिन्, म पनि गुल्मीको ग्रामीण क्षेत्रबाट आएको हुँ, तपाईंहरु पनि नेपालको विभिन्न क्षेत्रबाट यहाँसम्म आइपुग्नु भएको छ, त्यो महिला सशक्तिकरणको एउटा उपलब्धी हो, यस्तै अवसर हाम्रो नयाँ पुस्तालाई पनि दिनुपर्छ ।’

महावाणिज्यदूत दीपक खड्काले नारी निकुञ्ज १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिए । उनले शुभकामना मन्तव्यमा महिला सशक्तिकरणले नै देश विकास भइरहेको बताए ।

ओसियाना महिला संयोजक जानकी रिमालले  नारी निकुञ्जले यो कार्यक्रम अती सान्धर्भीक र सफल भएको बताइन् ।  गैरआवासीय नेपाली संघअष्ट्रेलिया  कोषाध्यक्ष  अनिल पोख्रेल, पूर्वकोषाध्यक्ष डिला खरेलल, न्यू साउथ वेल्ल राज्य परिषद बाट उषाकिरण वारिया पोखरेल, तिर्थराज कार्की , समिता गुरुङ   गैरआवासीय नेपाली संघअष्ट्रेलिया सल्हाकार दिनेश पोख्रेल , रमेश पाण्डे,  गायतको उपस्थिति थियो । कार्यक्रम सन्चालन गैरआवासीय नेपाली संघअष्ट्रेलिया नारी निकुञ्ज सचिब सुकिर्ति भट ले गरेकी थीइन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *