विनर सर्कलले मेलवनमा बृहद् भेला गर्दै

तक्दीर अधिकारी
सिड्नी । विनर  सर्कल मिडियाको मेललर्न भेला फेब्रुअरी २ मा हुने भएको छ । कोबोर्क लेक रिजर्भमा अपरान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यक्रम हुने विनर मिडिया सर्कलका प्रशासकीय अधिकृत रोशन खतिवडाले जानकारी दिए । हेमा अस र नेपाली पैसाले प्रायोजन गरेको उक्त कार्यक्रम विनर मिडिया सर्कल मेलवनका प्रशासकीय अधिकृत सन्दीप पौडेलको संयोजकत्वमा हुनेछ ।

मेलवनमा किन यस्तो कार्यक्रम आयोजना गरिएको भन्ने लन्डन नेपाल न्यूज डट कमका सम्पादक तक्दीर अधिकारीको जिज्ञासामा खतिवडाले भने, मेलवनमा हाम्रा धेरै साथीहरु हुनुहुन्छ, उहाँहरु सबैलाई एकै ठाउँ भेला परौं भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । एकअर्कालाई सहयोग गरेर कसरी अगाडि बढ्न सकिन्छ र विद्यार्थीको समस्याबारे छलफल हुनेछ । कार्यक्रमका लागि गैरआवासीय नेपाली संघका नेताहरु आमन्त्रण गरिएको छ, उहाँहरुको सहभागितामा हामी छलफल गर्नेछौं ।

विनर सर्कल मिडियालाई अझ व्यापक बनाउने उद्देश्यले कार्यक्रम मेलवनमा हामीले कार्यक्रम आयोजना गरिएको हो, अधिकृत खतिवडाले भने, ‘नेटवकिङलाई आधार बनाएर विनर मिडिया सर्कल अघि बढिरहेको छ । नेपाली समाजमा हुने सबै कार्यक्रमलाई सहयोग गरेर ठूलो नेटवर्क बनाउने हाम्रो उद्देश्य हो ।’

ठूलो नेटवर्क बनेपछि यो सर्कललाई बिजनेशमा पनि रुपान्तरण गर्न सकिन्छ, खतिवडाले भने, ‘नयाँ आइडिया भएका साथीहरुलाई स्पेस दिन सकौं, मार्केटिङका लागि पनि स्पेस होस् । नयाँ आइडिया भएका विद्यार्थीहरुले प्रवाशमा बसेर केही गर्छु, देशका लागि पनि केही गर्छु भन्ने विद्यार्थीलाई हामी सहयोग गछौं । सबैले जित्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *