दामनको पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा रहेको पानोरमा रिर्सोटमा बेहोस भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । हेलिकप्टरमा ल्याइएका आठै जनाको ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रिर्सोटमा बास बस्न आएका १५ जना भारतीय नागरिक मध्ये ८ जना सुतेकै स्थानमा बेहोस भेटिएका थिए ।

घटना थाहा भएपछि रिर्सोट पुगेका थाहा नगरपालिकाका मेयर लवशेर विष्टले दिएको जानकारी अनुसार एकपटक ५ जना र अर्को पट ३ जना गरी बेहोस भएका ८ जनालाई नै उपचारका लागि हेलिकप्टर लगिएको थियो । प्रहरी तथा स्थानीयको सहयोगमा बेहोस भएकालाई बोकेर हेलिप्याडसम्म ल्याएको बताए । उनीहरुको उपचार काठमाडौंको ह्याम्स अस्पतालमा भइरहेको छ ।

राती सुत्ने समयमा जाडो अत्याधिक भए पछि हिटर बालेर सुतेको र बिहान वहोस अवस्था भेटिएका थिए । उनीहरु ८ जना एउटै कोठामा सुतेका थिए । प्रहरी चौकी सिमभञ्याङ्गबाट खटिएका प्रहरी जवान सुमन ढकालले जानकारी अनुसार सोमबार राती बस्न आएका भारतको केरला प्रदेशका १५ जनाको टोली मध्ये ८ जना बेहोस अवस्थामा भेटिएक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *