‘ब्लड क्यान्सर’ भएका अर्जुनलाई बचाउन अष्ट्रेलियामा सहयोग संकलन, यसरी गर्न सकिन्छ सहयोग

तक्दीर अधिकारी
सिड्नी । पोखरा स्थायी घर भएका अर्जुन अष्ट्रेलियाको ब्रिजवेनमा बसोबास गर्छन् । उनलाई एक साता अघि मात्रै ब्लड क्यान्सर भएको पत्ता लाग्यो । क्यान्सर उपचार महँगो हुने भएकाले तिमल्सिनाले अस्ट्रेलियामा रहेको नेपाली समाजसँग सहयोगको याचना गरेका छन् । तिमल्सिनाकै आग्रहमा ब्रिजवेनमा सक्रिय नेपाली संघसंस्थाहरु सहयोग संकलनमा जुटेका छन् । अहिले उनको उपचारका लागि खर्च जुटाउन अष्ट्रेलियाका नेपालीको सक्रिय देखिएका छन् ।

श्रीमतीलाई नर्सिङ पढाउन डिपेन्डेन्ट भिसामा तिमल्सिना अष्ट्रेलिया आएका थिए । अचानक ब्लड क्यान्सर देखिएपछि भर्खरै पढाइ सकेर संघर्ष गरिरहेका तिमल्सिना दम्पत्ति बिखलबन्दनमा परेका छन् ।

यत्ति मात्र होइन समस्या देखिएकै साता यी दम्पतिले नवजात शिशुलाई जन्म दिएका थिए । श्रीमती सुत्केरी गराउन अस्पताल भर्ना भएकै बखत तिमल्सिनालाई झाडापखालाले सताएको थियो । केही दिनसम्म पनि पखाला निको नभएपछि रगत परिक्षण गर्दा उनमा क्यान्सर भएको पुष्टि भएको थियो । तिमल्सिनालाई किमो दिन थालिएको छ । चिकित्सकले ३ महिनामा बोनम्यारो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । बोनम्यारो प्रत्यारोपणका लागि परिक्षण गर्न नेपालबाट अर्जुनका भाइसमेत अष्ट्रेलिया आइपुगेका छन् । बोनम्यारो प्रत्यारोपण गर्न कम्तिमा पनि ३ लाख डलर खर्च हुने चिकित्सकले जानकारी दिएको अर्जुनले बताए ।

उनको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) कुइन्सल्यान्ड र कास्की समाजले बिशेष सक्रियता का अष्ट्रेलिया मा अवस्थित सम्पूर्ण नेपालीसँग सहयोगका  लागी  अपिल गरेका छन् ।  उनीहरुले एक साताअघि नै तिमल्सिनाको स्वास्थ्यबारे जानकारी लिएका थिए । त्यसपछि कुइन्सल्यान्डमा सक्रिय नेपाली संघसंस्थाले सामूहिक रुपमा सहयोग संकलनको तयारीमा जुटेका थिए ।

सहयोग संकलनका लागि एनआरएन कुइन्सल्यान्ड, कास्की समाज अष्ट्रेलिया, नेप्लिज एशोसियसन अफ कुइन्सल्यान्ड (एनएक्यु), कुइन्सल्यान्ड नेप्लिज कम्युनिटी सेन्टर (क्युएनसिसि) र विभिन्न युवा क्लबहरु सक्रिय छन् ।

हिजो आइतबार समाजका प्रतिनिधिहरुले व्रिजवेनस्थित मेटर अस्पतालमा पुगेर बिरामी अर्जुनलाई सहयोग संकलनबारे जानकारी गराएका थिए । भेटका क्रममा उनीहरुले सारा नेपाली एकजुट भएकाले हिम्मत नहार्न हौसला दिएका थिए ।

अर्जुन तिमल्सिनाको नाममा ‘गो फन्ड मि’ नामक वेवसाइटबाट सहयोग संकलन सुरु गरिएको छ । अहिलेसम्म ६८  हजार डलरभन्दा बढी रकम संकलन भइसकेको बताइएको छ ।

पीडित तिमल्सिनाले अस्पतालको शैयाबाट बोल्दै सहयोग रकम सामाजिक संस्थाले सामुहिक रुपमा सञ्चालन गरेका ‘गो फन्ड मि’को एकाउन्टबाट मात्र संकलन गरिदिन सबैमा आग्रह गरेका छन् । आफ्नोबारमा समाचार आएपछि धेरैले सहयोगको प्रतिवद्धता जनाएका तिमल्सिनाले बताए ।
(तस्बिर क्रेडिट नेपाली ट्युब)

पोखरा समाज कास्की ले सहयोगका लागी अष्ट्रेलिया अवस्थित सम्पूर्ण नेपालीसँग अपिल गरेको छ।

सहयोग गर्नेले यो लिंकमा क्लिक गर्नुस् ।

https://www.gofundme.com/f/NRNA-QLD-s-Campaign-to-Help-Arjun-Fight-Leukemia?utm_source=customer&utm_medium=copy_link-tip&utm_campaign=p_cp+share-sheet&fbclid=IwAR2sBOzs-ENKtQ05N3iDz3qr0qRoaquBnVWU4-osAO-xDFr55zN5xg9P2Mg

Leave a Reply

Your email address will not be published. Required fields are marked *