खराब मौसमले गर्दा मगर समाजको कार्यक्रम २६ जनवरीमा स-यो

तक्दीर अधिकारी

सिड्नी । भोलि १८ तारिख शनिबारका लागि तय भएको मगर समाज अस्ट्रेलियाको माघे संक्रान्ति मेला कार्यक्रम सरेको छ । उक्त मेला २६ जनवरी आइतबारका लागि तय गरिएको छ । खराब मौसमले गर्दा भोलि १८ जनवरी शनिबारका लागि तय गरेको कार्यक्रम २६ जनवरीमा सार्नुपरेको जानकारी समाजका सचिव सुदर्शन थापा मगरले दिए । उनले भने, ‘समाजको कार्यक्रम यथास्थानमा २६ जनवरीमा हुनेछ ।’

संक्रान्ति मेला २६ जनवरी आइतबार सिड्नीको अर्लउडस्थित वाइभ्यु एभिन्युमा रहेको कटवेटलाम पार्कमा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुने इन्द्रेणीकी चर्चित गायिका खिमा रोक्का लण्डनपछि सिड्नी पुगेकी छन् । झन्डै चार महिना लण्डन बसेर लोकदोहोरी गीतमार्फत् बेलायतवासी नेपाली समुदायको मन जितेकी गायिका रोक्का मगर समाज अस्ट्रेलियाले आयोजना गरेको माघे संक्रान्ति कार्यक्रममा सहभागी हुने सिड्नी पुगेकी हुन् ।

प्रबेश निःशुल्क गरिएको उक्त कार्यक्रममा विविध संस्कृतिक प्रस्तुति, लिगलिग दौड, परम्परागत मगर एवम् नेपाली खानाका परिकार साथै बालबच्चाहरू को लागि जम्पिङ्ग क्यासल लगायत विविध मनोरन्जनका कार्यक्रमहरू राखिएको समाजका सचिब थापा मगरले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि सिड्नीवासी नेपाली समुदायसँग समाजले आग्रह गरेको छ ।

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले नेपालको बिभिन्न समुदायमा मानाइने बिशेष चाड हो भने मगर समुदायको लागि प्रमुख चाड मानिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो ।

सन् २०११ देखि प्रबासमा मगर संस्कृति र परम्पराको जगेर्ना साथै निरन्तरताको लागि अष्ट्रेलिया गठन भइ बिबिध परोपकारी कार्यमा समेत सक्रिय रहदै आएको मगर समाज अष्ट्रेलियाले बिगतका बर्षहरु मा जस्तै यस बर्ष पनि माघे सक्रान्ति मेला मनाउने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *