मगर संघको यूके यूएचएसबी शाखाले ‘हर्षोल्लासपूर्वक’ मनायो माघे संक्रान्ति

शिब भण्डारी

लण्डन । मगर संघको यूके यूएचएसबी शाखाले ‘हर्षोल्लासपूर्वक’ साथ् माघे संक्रान्ति मनाएको छ। गत शनिबार बेलायतको फान्ब्रो स्थित स्यामुल कोडी स्पोर्ट कलेजको सभाहलमा पूजा-आजा एबम विविध सांस्कृतिक कार्यक्रमहरुसहित धुमधामले सम्पन्न भएको हो ।

बेलायतस्थित हेरक क्षेत्रमा बहुआयमिक प्रतिभा भएका साखाका संरक्षक तथा सस्थापक उपाध्यक्ष ओम थापा काउचाको सयोजकत्वमा ४ जना पुजारी टिमले बिहानैदेखि पूजा-आजा गर्दै माघे संक्रान्तीको उपलक्ष्यमा उपस्थित समुदायका सबैलाई स्वस्ती शान्ती गर्दै माघे संक्रान्तीले शुभ होस् भनेर कामना गरेका थिए ।

गुल्मेली प्रथम नौमति बाजाको बडाइ धुनसँग सुरु भएको कार्यक्रममा उपस्थित दिदीबहिनीहरुले माघे संक्रान्तीको प्रसाद वितरण गरेका थिए । प्रसादमा तरुल, सखरखण्ड, खिचडी,पुरी, मिठाई,सेलरोटी,बटुक अचार लगायतका परिकार लगायतका थियो ।माघे सङ्क्रान्ति पर्व  मगर जातिको प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ ।

मगर संघ यूके यूएचएसबी शाखाकी अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मगर संघ यूकेका अध्यक्ष रि.लेफ्टिनेन्ट सुनिल रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।प्रमुख अतिथि रानाले प्रबाशमा समाजले आफ्ना महान पर्ब लगायत संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।कार्यक्रममा विशेष अतिथि लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आले तथा पुर्व अध्यक्ष क्याप्टेन ताम ढेगा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

महासचिव बीर बलाल र रइसा रानाले सञ्चालन गरेको कार्यक्रम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ऋषि रानाले स्वागत मन्तव्य दिएका थिए ।कार्यक्रमको दोस्रो चरणमा नेपालबाट आएका चर्चित कमेडी कलाकर तथा मिठो स्वारकी धनी सन्ध्या बुढा ( काउली बुढी) तथा इन्द्रेणीकी चर्चित गायिका खिमा रोका मगर एबं स्थानीय लोकदोहोरी गायक तुलचन्द्र तिलिजाले मनोरञ्जनात्मक लोकदोहोरी प्रस्तुत गरेका थिए।

गायिका तथा हास्यव्यङ्ग्य कलाकार काउली बुढीले उपस्थित सबैलाई व्याङ्ग गर्दै ब्रिटिस लाहुरेको खोजीमा आएको भन्दै सबैलाई हसाइन । इन्द्रिणीकी गायिका खिमा रोका मगरले मेरो बेलायत बसाईको अन्तिम कार्यक्रम भन्दै सबैलाई थकित हुने गरी नचाइन । उनी चार महिनाअघि बेलायत आएकी थिइन् ।

कार्यक्रममा रमुना थापा,विना पुन, बिमल, रजिना, बबी,पुनम, नरमाया र दिलमान लगायतका स्थानीय कलाकारले आकर्षक नृत्यहरु देखाएर मनोरञ्जन दिलाएका थिए ।सोरठीमा ओमप्रसाद थापा टोलीले नृत्य प्रस्तुत गर्दा गाउँघरमा देउसी भैलो खेलेको अनुभूति सबैले गरेका थिए,अनिल थापा र मुना गर्बुजाले माघे संक्रान्तीबारे बताएका थिए ।कलाकारको सामूहिक नृत्यले पनि दर्शकलाई मोहित तुल्याउन सफल भयो ।

मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा आ-आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *