सिन्धुपाल्चोक, १८ चैत्र । सिन्धुपाल्चोकको जलवीरेबाट प्रहरीले ८ किलो सुनसहित बुधबार २ जनालाई नियन्त्रणमा लिएको छ । वराम्ची गाविसको ढाडेमा काठमाडौं आउँदै गरेको यात्रुबहाक बस जाँच गर्दा बसमा सवार दुईजनाबाट सुन बरामद भएको ईलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुम्बा गाविस-८ का लाक्पा शेर्पा र पासाङ शेर्पा रहेका छन् । दुवै शेर्पाहरु भरिया मात्र भएको प्रहरीले अनुमान गरेको छ । उक्त सुनका मालिक को हुन् भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।
जलबीरेमा पक्राउ परेको ८ किलो सुन कस्को ?






