तक्दीर अधिकारी
सिड्नी । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको विस्तार व्यापक रुपमा भइरहेको छ । समितिको पछिल्लो विस्तार अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा भएको छ । सिड्नीमा सम्पन्न समितिको बृहद् भेलाले इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिति गठन गरेको हो । सिड्नीको इन्द्रेणी फङ्सन सेन्टरमा सम्पन्न घोषणा सभामा सिड्नीलगायत अस्ट्रेलियाको अन्य राज्यबाटसमेत समितिका पदाधिकारी एवम् प्रतिनिधिको सहभागिता थियो ।


समितिको उपाध्यक्षमा रामजी बस्नेत, महामन्त्रीद्वयमा सुर्य खनाल र निजन चौलागाई, सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुवरलाई चयन भए । त्यसैगरी सदस्यमा अर्जुन गौतम, सागर काफ्ले श्रीपति तिवारी, कृष्ण पोखरेल, पुष्कर भट्ट, सन्देश राजभण्डारी, परमानन्द शाह र सुभम सिंह रहेका छन् ।


समितिको सल्लाहकारमा प्रकाश हुमागाई, डा देबेन्द्र सापकोटा, लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ । छिरिंङ लामाको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित समितिका पदाधिकारीले पुरानो र गौरवशाली पार्टी नेपाली कांग्रेसको अनुयायी हुन पाएकोमा गौरव महसुस भएको बताएका थिए । भेलामा सहभागी हुन मेलबर्नबाट जनसम्पर्क समिति भिक्टोरियाका कार्यवाहक अध्यक्ष बिनित शर्मा, काग्रेस अगुवा सोमप्रसाद गुरुङ, साउथ अस्ट्रेलियाका अर्जुन लम्साल, क्यानबेराका अशोक बस्नेतलगायत आएका थिए ।
एनआरएनए अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, आइसीसी सदस्य अरुण ठाकुर, एनएडीएफका अध्यक्ष विवेक थापा, एनएडीएफका पूर्वअध्यक्ष डिल्लीराम ढकाल, बालचन्द्र भट्टराई, महेन्द्र लम्साल, एनआरएनका पूर्वकोषाध्यक्ष डिला खरेल, नयाका अध्यक्ष प्रकाश अर्याल, चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी, एनआरएन अस्ट्रेलियाका पूर्वउपाध्यक्ष नन्दु गुरुङलगायतले नवनिर्वाचित कार्यसमितिको सफल कार्यकालको शुभकामना दिए ।






