शिब भण्डारी /प्रकाश कंडेल
लन्डन । नेपाल चलचित्र कलाकार संघ यूके शाखाको प्रथम अधिवेशन हुने भएको छ । १७ नोभेम्बर आइतबारका दिन आयोजना गरिएको चलचित्र कलाकार संघ युके शाखाको उद्घाटन समारोहमा सरिक हुनका लागि केन्द्रीय अध्यक्ष रविन्द्र खड्का र नायक धीरेन शाक्य लन्डन आइपुगेका छन् ।
उनीहरुको स्वागतका लागि बेलायतस्थित चलचित्र कलाकार संघकी संयोजक रोमिन लिम्बु, काउन्सिलर प्रवेश केसी, गोर्खा सत्याग्रहका उपसंयोजक सूर्य नेम्वाङ प्रसान्त थापा, प्रकाश कंडेल,शुरेस राज पाठक लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।
विश्वभर छरिएर बसेका कलाकारहरुलाई एकजुट बनाउदै चलचित्र कालाकार संघलाई बिश्वब्यापी बनाउने उदेश्यले अमेरिका पछि युकेमा शाखा बिस्तारका लागि आफु उत्साहित भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष खड्काले बताए ।
चलचित्र कलाकार संघ यूके संयोजक रोमियन लिम्बुका अनुसार नेपाल चलचित्र कलाकार संघ यूकेको यो पहिलो अधिवेशन हो । बेलायतको अल्डरशटस्थित द प्लेस रेस्टुरेन्टमा आयोजना गरिएको अधिवेशनमा सहभागिताका लागि सम्पूर्ण कलाकार तथा शुभ चिन्तकहरुलाई आह्वान गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघ यूके शाखाको अधिवेशनमा सहभागी हुन संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्का र नायक धीरेन शाक्य हिथ्रो विमानस्थलमा । यसरी गरियो स्वागत ! लाइभ हेर्नुस् ।






