तक्दीर अधिकारी
सिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले शनिबार भेटघाट तथा पत्रकार सम्मेलन आयोजना ग-यो । पार्टी केन्द्रीय कार्यालयले तदर्थ समिति गठन गरेर ६ महिनाभित्र अधिवेशन गराउन पत्राचार गरेपछि समितिले भेटघाट तथा पत्रकार सम्मेलनको आयोजना गरेको हो । विवादित रहेको नेपाली जनसम्पर्क समिति अस्ट्रेलियामा केन्द्रको पत्रले नयाँ उत्साहत थपेको भेटघाट कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बताए । नेपाली कांगे्रस केन्द्रीय कार्यालयले भदौ १७ गतेको निर्णय भन्दै जनसम्पर्क समिति अस्ट्रेलियाको संयोजक कृष्ण गिरी (जगनाथ) को नाममा अधिवेशन गराउन पत्रचार गरेको थियो । उक्त भेटघाट तथा पत्रकार सम्मेलनमा सिड्नीमा रहेका कांगे्रसमा आस्था राख्ने समुदायको सहभागिता थियो ।

कार्यक्रममा कास्की जिल्ला नेविसंघ नेता समिट केसीले पार्टी केन्द्रीय कार्यालयले जनसम्पर्क समिति अस्ट्रेलियालाई अधिवेशन गर्न पत्राचार गरेपछि कांगे्रसमा आस्था राख्ने अस्ट्रेलियाका नेपाली समुदायमा नयाँ उत्साह जागेको बताए । यो पत्रले सबैलाई समेटेर अघि बढ्ने जिम्मेवारी कृष्ण गिरीलाई दिएको भन्दै उनले आफू पनि त्यसमा रहेर काम गर्न इच्छुक रहेको बताए ।
भेटघाटमा कांगे्रसका नेता नवराज गुरुङले आफू कास्कीमा भइरहेको उपनिर्वाचनमा खगराज पौडेललाई सहयोग गर्न जान लागेको जानकारी दिए । पार्टी केन्द्रीय कार्यालयले जापान, बेल्जियम, अमेरिका र अस्ट्रेलियाका जनसम्पर्क समितिलाई अधिवेशन गर्न ताकेता गरेर एकदमै राम्रो काम गरेको नेता गुरुङले बताए ।
जनसम्पर्क समिति अस्ट्रेलियाले अब विवाद गर्न नहुने, पार्टीको प्रवाश संगठनलाई एक ढिक्का बनाएर अघि बढउन संयोजक गिरीलाई शुभकामना दिए । नेता गुरुङले भने, ‘प्रजातान्त्रिक पार्टीमा विभिन्न चरित्र भएका व्यक्तिहरु हुन्छन्, उनीहरुलाई समेटेर लैजाने दायित्व संयोजक गिरीको जिम्मेवारी हो, यसमा उहाँ सफल हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।’ अस्ट्रेलियामा रहनु हुने कांगे्रसलाई माया गर्नेहरुले यो अधिवेशन सफल पार्न संयोजक गिरीलाई साथ र सहयोग गर्न नेता गुरुङले अनुरोध गरे ।

संयोजक गिरीले कार्यक्रममा उल्लेख्य सहभागिताका लागि सबैलाई धन्यवाद दिए । यो सहभागीले प्रवाशमा बसेर कांगे्रस निर्माणमा सहयोग पुग्ने उनले बताए । बैठकले के निर्णय गर्छ भनेर अन्य राज्यबाट साथीहरुले चासो राखेको जानकारी दिँदै उनले भने, ‘विवाद गरेर होइन, सिंगो एक ढिक्का भएर अगाडि बढियो भने मात्र कांगे्रस बलियो हुन्छ ।’
पार्टीले समय सीमा तोकेर पत्रचार गरेकाले सबैको सहयोग र साथ पाए समयमै अधिवेशन हुने जानकारी संयोजक गिरीले दिए । बैठकमा संयोजक गिरीले पार्टी केन्द्रीय कार्यालयले पठाएको पत्र पढेर सुनाएका थिए । राजु अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा कांगे्रस महासमिति सदस्य दिनेश उपाध्याय ले सबै लाई समेटेर जानु पर्ने बताए । कार्यक्रममा अर्का प्रखर बक्ता समित के.सी ले अहिले को अवस्था को बारेमा बोल्दै सबै जना एक जुट भएर जानु भन्दा अर्को बिकल्प नभ्एको बताए ।
अब अधिवेशन कसरी र कहिले हुन्छ भन्ने लन्डन नेपाल न्युज डट कमको जिज्ञासामा संयोजक गिरीले भने, सबै राज्यबाट यो बैठकमा सहभागी हुन सम्भव नभए पनि पार्टीले स्पष्ट दिशानिर्देशक गरेर नेपाली जनसम्पर्क समिति अस्ट्रेलियालाई पत्रचार गरेको छ । उक्त निर्देशनअनुसार नै अधिवेशन हुन्छ । त्यसभन्दा अगाडि सबै राज्यलाई समेटेर तदर्थ समिति बन्ने पर्छ । सबैभन्दा पहिला क्रियाशील सदस्यता नवीकरण हुनेछ । प्राविधिक रुपमा केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यको लिस्ट आइपुगेको छैन, त्यो लिस्ट आइसकेपछि पहिलो स्टेट अधिवेशन सम्पन्न हुनेछ । सबै कुरा समझदारी अनुसार नै सबैलाई अधिवेशनले समेट्ने छ ।’






