बेलायतमा मधेसी समाजले धुमधामले’छठ’मनाउदै

शिब भण्डारी

लन्डन । बेलायतमा मधेसी समाज युकेकोआयोजनामा राष्ट्रिय पर्ब छठ कार्यक्रम २०१९ ” धुमधामका साथ मनाउने तयारी गरेको छ ।

बेलायतमा रहेका मधेसी समुदायमा छठ पर्ब उल्लास र उमङ्गका साथ आपसी सद्भाव र एकताको सन्देश सहित मनाउँदै आइरहेको छ, त्यसै क्रममा एसोसिएसन अफ नेप्लिज मधेसी इन युकेले यस वर्षको छठ पर्ब नोभेम्बर १० तारिक आइतबार साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टको सभाहलमा धर्म,सस्कार रितिरिवाज सस्कृति विशेष झल्किने बिबिध कार्यक्रमका साथ् धुमधामले मनाइने एसोसिएसनका अध्यक्ष भाग्यनारायण रायले जानकारी दिए ।

कार्यक्रमको प्रमुख आतिथ्यता बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गर्ने कार्यक्रम छ । कार्यक्रममा तराई मधेसको संस्कृति झल्कने मैथली ,नेपाली सांस्कृतिक कार्यक्रम पनि हुने रायले लन्डन नेपाल न्यूजलाई बताए ।

दिउँसो १२ बजे देखि साझ ६ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइ दिनु भै छठ पर्वलाई भव्यताका साथ सम्पन्न गराउन सम्पूर्ण बेलायत बासि दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि समाजद्वारा हार्दिक अनुरोध गरेको छ |

परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुन: अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *