चट्याङले २ जनाको मृत्यु

सिन्धुली, चैत १६– हावाहुरी सहित सोमबार दिउसो परेको चट्याङले यहाँ २ जनाको मृत्यु भएको छ । जिल्लाको शान्तेश्वरी गाविस–२ मा एकै घरका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको पारम्भिक अनुसन्धानमा आएको प्रहरी इन्स्पेक्टर राजेन्द्र थापाले जानकारी दिए । चट्याङ् लागेर शान्तेश्वरी २ का ४५ वर्षिय वीरबहादुर थिङ र उनको छरी ११ वर्षीय मालती थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ।