किन पक्राउ परे गायक दुर्गेश थापा

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले थापालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताएको छ ।

सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विपरीत भएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *