सिमरा । बाराको फेटा–४ बतारामा पाँच जनाको शव फेला ट्याङ्कीभित्र एकै परिवारका चारसहित पाँच जनाको शव भेटिएको छ । घटनास्थलको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जोगा मुखिया उनकी श्रीमती, छोरी र भाई रहेका छन्। एकजना उनीहरुकै नातेदार भारतीय नागरिकको पनि मृत्यु भएको छ ।
बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा जोगा मुखिया बिन, उनकी श्रीमती लालमुनि देवी, छोरी १२ वर्षकी सुमनी देवी, जोगाका भाइ महेन्द्र मुखिया बिन र एक जना भारतीय आफन्त रहेका छन्। आफन्तको सनाखत हुन सकेको छैन।
१५ दिनअघि प्रहरीले उक्त घरमा रक्सी बनाउने ट्यांकी भत्काएको थियो । नजिकैको विजुलीको पोलबाट हुक गरेर विजुली तानेकाले करेन्ट लागेर सबैको मृत्यु भएको हुनसक्ने पूर्वानुमान प्रहरीले गरेको छ ।






