निर्वाचन समितिसंग भएको सहमति कार्यान्वन गर्न पण्डितको माग

लन्डन – एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्व प्रकाश पण्डितले गत शनिवार भएको एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै पण्डितले संगठनलाई लामो समय सम्म डेडलकमा राख्न हुन्न भन्ने लागेरै आफुले गत आइतबार दिउंसो एनआरएन युकेको निर्वाचन समितिलाई एउटा प्रस्ताव पठाएको खुलासा गरेका छन् ।

“सो प्रस्ताव उपर छलफल भै निर्वाचन समितिले त्यही दिननै सहमति जनाइ सकेको जानकारी मलाई गराइएको थियो। यसरी जनाइसकेको सहमति एकाएक तोडेर एक समूहका गणक बेगर जबरजस्ति मतपेटिका फोडेर निष्पक्ष रहनु पर्ने केन्द्रिय प्रतिनिधि भनिएका मान्छेले नै एकतर्फी रुपमा मतगणना शुरु गर्नु (किन र कस्को निर्देशनमा) दूर्भाग्यपुर्ण घटना हो,” पण्डितले भने।
“तर अहिले निर्वाचन प्रमुखले माफी मागिसकेको अवस्थामा बेजिंगस्टोकको मत अन्तिमसम्म नगन्ने, मतगणना बेजिंगस्टोक सम्म आइपुग्दा त्यो बुथमा खसेको कुल मत ५१५ भन्दा बढीको अन्तरले हारजित भए नतिजा जो सुकैको पक्षमा आएपनि घोषणा गर्ने, यदि पांचसय पन्ध्र मत भन्दा कमको अन्तरले हारजित भए बेजिंगस्टोकमा पुन: चुनाव गराउने भनि गरिएको सहमतिलाई पुन: व्युँताईयोस् र मत गणनाको प्रक्रियालाई अगाडि बढाइयोस्,” पण्डितले भने।

“बेजिंगस्टोकको बुथमा एउटै टेबलमा बसेर सरसल्लाह गर्दै चार जनाले भोट हालेको फोटो र त्यही बुथमै कहां कसलाई भोट हाल्ने भनि निर्देशन दिइरहेको र्को भिडियो आउट भएपछि निष्प़क्ष निर्वाचनमा आंच पुगेको देख्दा मन अमिलो भएको छ । कुरो बाहिर नआएको भए शायद स्थिति सम्हाल्न सकिने हुन्थ्यो होला । आई हाल्यो, यो परिस्थितिमा यसलाई उचित निकास दिन जरुरी थियो नै। निर्वाचन समितिका संयोजक डमर घलेले समेत हिंजोको भिडियोमा र निर्वाचन अधिकृत नरेश खपांगी मगरले त्यही दिन नै केही समय घोटाला भएको स्वीकार्नु भै सकेपछि झन् डेडलक हुनु स्वाभाविकै भो । तर यसरी बेलायतवाटै केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवार भैरहेको सन्दर्भमा को कसको निर्देशनमा ग्लोबल कन्फ्रेन्समा जान नदिन बेलायतलाई सस्पेन्ड गर्ने षडयन्त्र हुंदैछ? यो सानोतिनो खेल हैन जस्तो बुझिंदै छ,” पण्डितले आफ्नो वक्तव्यमा भनेका छन्।
“कसैलाई गाली गर्न भन्दा पहिला न्याय र कानुनको पक्षमा ऊभिऔं,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *